पर्वत बेनीमा ईन्धन चोरी गर्ने युवा पक्राउ

विकल्प /म्याग्दी
मंसिर ११ गते । पर्वत जिल्लाको मल्लाज माफफाँट ३ पर्वत बेनीमा सवारी साधनबाट ईन्धन चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सवारी साधनबाट ईन्धन निकाल्दै गरेको अवस्थामा बागलुङको पाण्डवखानी गाविस ५ घर भई हाल पर्वत बेनी डेरा गरि बस्ने २१ व्र्षिय सन्तोष गौचनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

parbat-beni

प्रहरीका अनुसार ना ५ ख ५४४३ र ना ५ ख ३१७६ नम्बरको बसबाट डिजेल निकाल्दै गरेको अवस्थामा वारीवेनी प्रहरी चौकीको गस्ती टोलीले पक्राउ गरेको हो । गौचनको साथबाट पाईप, सलाई रेन्ज, ३५ लिटरको कालो ड्रम, १५ लिटर डिजेल, १० लिटरको खाली ग्यालिन र ग ५ प ८३०८ नम्बरको सेतो अपाचे मोटरसाईकल समेत बरामद गरेको छ ।

गौचनका विरुद्ध अदालतमा चोरी मुद्दा दर्ता गराउने प्रहरीले जनाएको छ । गौचनले यसअघि ना ५ ख ३१७६ नम्बरको बसबाट ७० लिटर डिजेल, ध १ ख ३६७ नम्बरको बसबाट ८० लिटर डिजेल, ग १ ज ४१४५ नम्बरको जिपबाट ५५ लिटर डिजेल र ध १ प ४०५ नम्बरको ट्याक्सीबाट २० लिटर पेट्रोल चोरी गरेको खुलासा भएको छ ।