बालीविज्ञान विषयको पठनपाठन सुरु

सन्तोष गौतम /विकल्प
म्याग्दी मंसिर १० गते । म्याग्दीको बिम गाविसमा रहेको किसानी प्राबिधिक शिक्षालयमा यस वर्षदेखि बालीविज्ञान विषयको पठनपाठन सुरु भएको छ ।

बाली विज्ञान विषयको तिन वर्षे डिप्लोपा तह (आईएस्सी एजी) अन्तरगत बाली उत्पादन, बागबानी, बाली संरक्षण, कृषि प्रसार, सामुदायीक विकास, उद्यमशिलता लगायतका विषयहरुको पठनपाठन सुरु गरिएको हो ।

14

 

पहिलो वर्ष आईएस्सी एजीको अध्ययनका लागि म्याग्दीका साथै जुम्ला, प्युठान, बागलुङ, सिन्धुली, पर्वत जिल्लाका २५ जना विद्यार्थीहरु भर्ना भएका शिक्षालयका प्रमुख बेगप्रसाद गर्बुजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दितृय श्रेणीसम्ममा एसएलसी उतिर्ण गरेका विद्यार्थीहरुलाई भर्ना लिइएको छ । जिल्लामै बाली विज्ञान विषयको पठनपाठन भएपछि म्याग्दीका विद्यार्थीहरुलाई सो विषयमा अध्ययनका लागि जिल्लाबाहीर जानुपर्ने समस्या हटेको छ ।

वि.स २०६८ देखि १५ महिने र २०७१ देखि २९ महिने कृषि जेटिए विषयको पठनपाठन सुरु गरेको शिक्षालयलाई प्राबिधिक शिक्षा तथा ब्यवसायीक तालीम परिषद् (सिटीइभिटी)ले यसै शैक्षिक सत्रदेखि आईएस्सी एजी तहको अध्ययापन अनुमती प्रदान गरेको थियो । भौतिक पुर्वाधार तयार गरेर शिक्षालयलाई कृषि क्याम्पसको रुपमा स्तरवृद्धी गर्न प्रक्रिया अघि बढाइएको छ ।