ताजा समाचार:
Search

समाचार

आगलागी पीडितलाई अनेरास्ववियुको सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २१ गते । पश्चिम म्याग्दीको ओखरबोट–५ सिस्नेरी गाउँका आगलागी पीडितहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले सहयोग गरेको छ । उनीहरुलाई दैनिक उपभोग्य सामाग्री, त्रिपाल र नगद सहयोग गरिएको हो । अनेरास्ववियुले १० हजार बराबरको खाद्यान्न, युवा रेडक्रस सर्कल म्याग्दी बहुमुखी क्याम्पसबाट उपलब्ध ६ हजार नगद र रेडक्रस […]

म्याग्दीमा विविध कार्यक्रमसहित प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइने

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २१ गते । विविध कार्यक्रमहरुको आयोजना गरी म्याग्दीमा पहिलोपटक प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइने भएको छ । यस वर्षदेखि सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिसकेको अवस्थामा म्याग्दी जिल्लामा पनि विभिन्न कार्यक्रमहरु गरेर बिहीबारदेखि शनिबार दिवस मनाउन लागिएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य संयोजक […]

सहकारीले व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्छ ः श्रेष्ठ

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २१ गते । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघका सञ्चालक नानीकाजी श्रेष्ठले सहकारीले व्यावसायिक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । अन्तरजिल्ला सहकारी भ्रमणमा म्याग्दी आएको संघको टोलीलाई स्थानीय दिदीबहिनी बचत तथा ऋण सहकारीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सहकारीले बचत तथा ऋणको […]

नयाँ शक्ति नेपाल म्याग्दीको प्रथम जिल्ला परिषद् भेला बेनीमा सुरु

विकल्प न्यूज/बेनी बैशाख २१ गते । नयाँ शक्ति नेपाल म्याग्दीको प्रथम जिल्ला परिषद भेला बेनीमा सुरु भएको छ । नयाँ शक्ति नेपालका केन्द्रिय नेता देवेन्द्र पौडेलको प्रमुख आथित्यतामा भेला सुरु भएको नयाँ शक्ति नेपाल म्याग्दीका अभियान्ता इन्द्र पुन मगरले जानकारी दिनुभयो । निर्माण व्यवसायी संघको सभाहलमा सुरु भएको भेलामा जिल्लाका ग्रामिण भेगका युवाहरुको सहभागिता रहेको […]

नवविकल्प साप्ताहिकको ३२ औ संस्करण अनलाइनमा पढ्न यहाँ क्लिक गर्नुहोस

नवविकल्प साप्ताहिकको ३२ औ संस्करण अनलाइनमा पढ्न यहाँ क्लिक गर्नुहोस  Nawa Bikalpa 8-32

राजधानीमा वसेर म्याग्दीको आवाधिक जिल्ला विकास योजना बनाइदै

विकल्प न्यूज/बेनी बैशाख २१ गते । म्याग्दी जिल्लाको पाँच वर्षे आवधिक जिल्ला विकास योजना बनाउने तयारी भएपनि समुदायस्तरमा नपुगी बनाउन थालिएको प्रति तिव्र गुनासो आएको छ । आर्थिक वर्ष २०७३/७४ देखि ०७७/७८ सम्म जिल्लाको विकासका लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमको लक्ष्य निर्धारण सहितको रुपरेखा तयार पार्न आवधिक योजना बनाउन लागिएको हो । जिल्ला विकास […]

द्धन्द्धपीडितको आशा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख २१ गते । बेनी नगरपालीका ६ मंगलाघाटका भिमबहादुर रिजाल वि.स २०६० जेठ ५ गतेको साँझलाई स्मरण गर्दा गहभरी आँशु बनाउँछन् । जुन दिन घरको कोठाभित्र बसेर टेलिभिजन हेरीरहेका रिजालका बुवा कुलबहादुर संगै पाहुना आएका अन्य दुई जना आफन्तको समेत बम बिस्फोटमा परेर ज्यान गएको थियो । तत्कालीन द्धन्दरत पक्ष माओवादीले बिस्फोट […]

म्याग्दी – शिक्षाका पूर्वाधार योजनामा ‘कमिसन’को खेल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख २१ गते ।                                  पूर्वाधारको गुणस्तरमा असर                                  प्राबिधिकद्धारा सिमीत कम्पनीको निर्माण सामाग्रीलाई सिफारीस                                  योजना फरफारक गर्न ‘प्राबिधिक खर्च’ बुझाउनुपर्ने                                 सदरमुकाममा बसेर गाउँका योजनाको नक्साङ्कन र जाँचपास                                 उपभोक्ताको पनि कमजोरी                                 जिशिअद्धारा कर्मचारीको बचाउँ म्याग्दी / […]

यी हुन वातावरण संरक्षणका अभियन्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,बैशाख २१ गते । म्याग्दीका एक व्यक्ति एकल प्रयासमा चौतारी निर्माण र बरपिपल रोप्ने अभियानमा जुटेका छन् । बेनी नगरपालीका ४ खबराका चन्द्रबहादुर कार्कीले एक्लै सार्वजनिक स्थलमा चौतारी निर्माणका साथै सडक र पदमार्गको छेउछाउमा बरपिपल तथा फुलका बिरुवा रोप्दै आउनुभएको छ । ५८ वर्षिय कार्कीले सार्वजनिक स्थलमा श्रमदान गरेर वरपिपल सहित एक […]

लायन्स क्लबद्धार बेनपा ७ गोठेखोरियाका आगलागी पीडितलाई १० हजार सहयोग

विकल्प न्यूज/बेनी बैशाख २० गते । लायन्स क्लब अफ बेनी म्याग्दीले आगलागीबाट पीडित भएका परिवारलाई दश हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।   सोमबार दिउँसो गोठेखोरियाको खरवारीमा आगलागी हुँदा बेनी नगरपालिका ७ गोठेखोरिया स्थित नन्दकला सुवेदी र फुलकुमारी सुवेदीको घर गोठ जलेर नष्ट भएको छ । सोमबार साँझ आगलागीबाट पीडित सुवेदी परिवारलाई भेटी लायन्स क्लबले […]

‘चीनले कोरला नाका खोल्न तयारी थाल्यो’

वैशाख २०, २०७३ उत्तरतर्फका नाका खुलाउन चीनले आफ्नो तर्फबाट तयारी थालेको संसदको उद्योग वाणिज्य हित संरक्षण समितिका सदस्यहरुले बताएका छन् । चार दिनसम्म कोरला नाकाको अवलोकन गरेर सोमबार बिहान फर्केको समितिको टोलीले चीनको स्थानीय निकायबाट कोरला नाका खुलाउनका लागि आवश्यक पूर्वाधार निर्माण गरिरहेको जानकारी दिए । ‘भारतको नाकाबन्दीपछि जुन प्रकारले उत्तर तर्फका नाका खुलाउने हल्ला […]

ओखरबोटमा आगलागीबाट ५० लाखको क्षति

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २० गते । पश्चिम म्याग्दीको ओखरबोट–५ सिस्नेरी गाउँको महखोला सामुदायिक वनमा लागेको आगो मानववस्तीमा पस्दा झण्डै ५० लाख बराबरको भौतिक क्षति भएको छ । आगलागीबाट स्थानीयको तीन घर र गोठ जलेर ४९ लाख ५३ हजारको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । जङ्गलमा सल्किएको आगो नियन्त्रणभन्दा बाहिर […]

जिफन्ट म्याग्दीको अध्यक्षमा राई

प्रताप बानियाँ/विकल्प न्यूज म्याग्दी, वैशाख २० गते । नेपाल टे«ड युनियन महासंघ जिफन्ट जिल्ला कार्यसमिति म्याग्दीको दोस्रो जिल्ला अधिवेशनले बलादेवी राईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न अधिवेशनबाट समितिको उपाध्यक्षमा राजकुमार राई, सचिवमा खेमराज सुवेदी र सहचिवमा अर्जुन राना रहेका छन् । १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर […]

म्याग्दीमा सहिद वेपत्ता समाज गठन

विकल्प न्यूज/बेनी म्याग्दी १९ बैशाख । दश वर्षे जनयुद्धका क्रममा आफन्त गुमाएका र वेपत्ता भएकाहरुको आईतबार बेनीमा सम्पन्न भेलाले सहिद तथा वेपत्ता योद्धा समाज म्याग्दी गठन भएको छ । तत्कालीन राज्यपक्षद्धारा आफन्त गुमाएका र वेपत्ता पारिएकाहरुको खोजी, न्याय, परिपुरण, क्षत्तीपुर्तीसंगै हकअधिकार प्राप्तीका लागि सामुहीक पहल गर्ने उद्देश्यले समाजको गठन भएको हो । खिमबहादुर केसीको अध्यक्षतामा […]

बेनीमा खानेपानीको समस्या समाधान गर्न म्याग्दी खोलाको पानी उपयोग गर्ने तयारी

विकल्प न्यूज/बेनी बैशाख १९ गते । सदरमुकाम बेनीमा देखिएको खानेपानीको समस्या समाधान गर्न म्याग्दी खोलाको पानीलाई उपयोग गर्ने तयारी गरिएको छ । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तत्काल खानेपानीको समस्यालाई समाधान गर्न म्याग्दी खोलाको पानीलाई पम्पीङ गरेर ट्याङकीमा लैजाने र वितरण गर्ने योजना बनाएको समितिका अध्यक्ष सुवास कुमार श्रेष्ठले जानकारी दिनुभयो । म्याग्दी खोलाको […]