विकल्प न्यूज/बेनी
बैशाख २० गते । लायन्स क्लब अफ बेनी म्याग्दीले आगलागीबाट पीडित भएका परिवारलाई दश हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
सोमबार दिउँसो गोठेखोरियाको खरवारीमा आगलागी हुँदा बेनी नगरपालिका ७ गोठेखोरिया स्थित नन्दकला सुवेदी र फुलकुमारी सुवेदीको घर गोठ जलेर नष्ट भएको छ ।
सोमबार साँझ आगलागीबाट पीडित सुवेदी परिवारलाई भेटी लायन्स क्लबले पाँच / पाँच हजारका दरले आर्थिक सहयोग गरेको लायन्स क्लब अफ बेनी म्याग्दीका अध्यक्ष ठाकुरप्रसाद शर्माले जानकारी दिनुभयो ।
लायन्स सदस्यहरु चन्द्रकुमार केसी, सन्तोष रावल,नकुल ढकाल,रामकृष्ण वराइली,चन्द्रप्रकाश वराइली, सरोज बानियाँ,बावुराम आचार्य ठाकुरप्रसाद शर्मा र कुविर श्रेष्ठ बाट एकहजारका दरले सहयोग रकम संकलन गरि हस्तान्तरण गरिएको लायन्स सन्तोष रावलले बताउनुभयो । आगलागी पीडित परिवारलाई आर्थिक सहयोग गर्न सवैमा उहाँले आग्रह गर्नुभएको छ ।
आगलागीबाट सुवेदी परिवारको घर गोठ जलेर नष्ट भएको छ । पाखोमा लागेको डढेलो खरको टौवामा सल्लेपछि आगो घरसम्म पुगेको थियो । प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।