ताजा समाचार:
Search

आगलागी पीडितलाई अनेरास्ववियुको सहयोग

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख २१ गते ।
पश्चिम म्याग्दीको ओखरबोट–५ सिस्नेरी गाउँका आगलागी पीडितहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीले सहयोग गरेको छ ।

उनीहरुलाई दैनिक उपभोग्य सामाग्री, त्रिपाल र नगद सहयोग गरिएको हो ।
अनेरास्ववियुले १० हजार बराबरको खाद्यान्न, युवा रेडक्रस सर्कल म्याग्दी बहुमुखी क्याम्पसबाट उपलब्ध ६ हजार नगद र रेडक्रस म्याग्दी शाखामार्फत त्रिपाल सहयोग गरिएको अनेरास्ववियुले जनाएको छ । 13124933_1718174078439763_8547437079201201971_n

अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलको उपस्थितिमा आगलागीबाट पूर्ण क्षति बेहोरेका सिस्नेरीका ३ परिवारलाई लत्ताकपडा सहयोग गर्नुका साथै बस्नका लागि टहरा निर्माण गरिएको छ । 13082657_1718174178439753_7763455466729382464_n
गएको शनिबार सिस्नेरी गाउँको महखोला सामुदायिक वनमा लागेको डढेलो मानववस्तीमा पस्दा ३ घरगोठ जल्दा लाखौंको क्षति भएको थियो । आगलागीबाट स्थानीय दलबहादुर पुन, श्रीप्रसाद घर्तीमगर र राजेन्द्र घर्तीको आर्थिक र भौतिक गरी झण्डै ५० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको थियो ।