ताजा समाचार:
Search

नयाँ शक्ति नेपाल म्याग्दीको प्रथम जिल्ला परिषद् भेला बेनीमा सुरु

विकल्प न्यूज/बेनी
बैशाख २१ गते ।
नयाँ शक्ति नेपाल म्याग्दीको प्रथम जिल्ला परिषद भेला बेनीमा सुरु भएको छ । नयाँ शक्ति नेपालका केन्द्रिय नेता देवेन्द्र पौडेलको प्रमुख आथित्यतामा भेला सुरु भएको नयाँ शक्ति नेपाल म्याग्दीका अभियान्ता इन्द्र पुन मगरले जानकारी दिनुभयो ।
निर्माण व्यवसायी संघको सभाहलमा सुरु भएको भेलामा जिल्लाका ग्रामिण भेगका युवाहरुको सहभागिता रहेको पुनले जानकारी दिनुभएको छ । new sakti
भेलाले जिल्ला परिषद् गठन गर्ने जनाइएको छ । भेलामा नयाँ शक्ति नेपालका ४ नं प्रदेश संयोजक देवेन्द्रराज पराजुली र केन्द्रिय सचिवालय सदस्य एवम् गोरखा जिल्ला संयोजक ऋषिकेष भट्राईले नयाँ शक्ति नेपालको भूमिका वारेमा विचार व्यक्त गर्नभएको पुनले बताउनुभयो ।
जिल्ला संयोजक भुपेन्द्र वुढाथोकीको अध्यक्षता र अभियान्ता डण्डपाणी सापकोटा सञ्चालन गरेको भेला यतिखेर जारी रहेको नयाँ शक्ति अभियानका युवा नेता अनिष गौतमले जानकारी दिनुभयो । प्रमुख अतिथि देवेन्द्र पौडेल कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको नयाँ शक्तिले जनाएको छ ।