ताजा समाचार:
Search

बेनीमा खानेपानीको समस्या समाधान गर्न म्याग्दी खोलाको पानी उपयोग गर्ने तयारी

विकल्प न्यूज/बेनी
बैशाख १९ गते । सदरमुकाम बेनीमा देखिएको खानेपानीको समस्या समाधान गर्न म्याग्दी खोलाको पानीलाई उपयोग गर्ने तयारी गरिएको छ ।

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले तत्काल खानेपानीको समस्यालाई समाधान गर्न म्याग्दी खोलाको पानीलाई पम्पीङ गरेर ट्याङकीमा लैजाने र वितरण गर्ने योजना बनाएको समितिका अध्यक्ष सुवास कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

म्याग्दी खोलाको किनारमा इनार खनेर निकालिएको पानीलाई पम्पीङ प्रविधिबाट अहिलैकै ट्याङकीमा लैजाने र फिल्टर गरेर उपभोक्ताई वितरण गरिने योजना बनाइएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिसेकेण्ड १० लिटरका दरले पानी ट्याङकीमा जम्मा हुन्छ ।DSC09967

म्याग्दीको खोलाको किनारमा इनार बनाउन र विद्युत लाइन विस्तारका लागि आइतवार अध्ययन गरेको छ ।
म्याग्दी खोलाको पानी लैजानका लागि २० लाख रुपियाँ अनुमानित लागत लाग्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । योजना कार्यन्वयन गर्नका लागि आइतवार नेपाल विद्युत प्राधिकरण,खानेपानी कार्यालय र समितिका पदाधिकारीहरुले प्रारम्भिक रुपमा अध्ययन थालेका छन् ।
आगमी नै महिना भित्र सक्ने गरि खानेपानी योजनाको क्षमता विस्तार गर्ने कार्य भइरहेकाले उक्त अवधि सम्म उपभोक्ताहरुलाई खानेपानी उपलब्ध गराउन खोलाको पानी पम्पीङ गरेर लैजाने योजना बनाइएको समितिले जनाएको छ ।

मुहान सुक्दै जानु, तिब्र बस्ती विकास, जनघनत्व वृद्धी र पुरानो संरचनाले खानेपानीको माग धान्न नसकेपछि बेनीमा अहिले ३६ घण्टा भन्दा वढी समय सम्म लोडसेडिङ हुँदै आएको छ ।
योजना सम्पन्न नहुँदा सम्म बेनी बजारवासीहरुलाई खानेपानी समस्या समाधान गर्न पम्पीङ योजना अगाडी ल्याइएको खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख शेखरचन्द्र केसीले बताउनुभयो । उहाँका अनुसार कार्यालयको प्राविधिक सहयोगमा अवको एकमहिना भित्र बजारवासीलाई खानेपानी सहज रुपमा उपलब्ध गराउने गरि योजना अगाडी बढाइने छ ।