ताजा समाचार:
Search

म्याग्दीमा सहिद वेपत्ता समाज गठन

विकल्प न्यूज/बेनी
म्याग्दी १९ बैशाख ।
दश वर्षे जनयुद्धका क्रममा आफन्त गुमाएका र वेपत्ता भएकाहरुको आईतबार बेनीमा सम्पन्न भेलाले सहिद तथा वेपत्ता योद्धा समाज म्याग्दी गठन भएको छ ।

तत्कालीन राज्यपक्षद्धारा आफन्त गुमाएका र वेपत्ता पारिएकाहरुको खोजी, न्याय, परिपुरण, क्षत्तीपुर्तीसंगै हकअधिकार प्राप्तीका लागि सामुहीक पहल गर्ने उद्देश्यले समाजको गठन भएको हो ।
खिमबहादुर केसीको अध्यक्षतामा गठन भएको ११ सदस्यीय समाजको जिल्ला सम्मेलन आयोजक समितिको उपाध्यक्षमा टेकबहादुर भट्टराई र सचिवमा गणेश शर्मा रहनुभएको छ ।DSC00996

भेलालाई सम्बोधन गर्दै समाजका केन्द्रिय सदस्य लोकप्रसाद बञ्जराले जसको रगत र पसिनाले देशमा परिवर्तन आयो उ र उसका आफन्तहरुलाई राज्यले वेवास्ता गरेको तथा परिवर्तन स्वीकार गरेकाहरुले सहिद र वेपत्ताको योगदानलाई स्वीकार गर्न नसक्नु प्रमुख समस्या रहेको बताउनुभयो ।

उहाँले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग मार्फत द्धन्द्धका समयमा भएका मानवअधिकार उल्लङ्घनको घटनाबाट पीडित भएकाहरुले न्याय, क्षत्तीपुर्ती, परिपुरण र मेलमिलापको खोजी गर्नुपर्ने बताउनुभयो ।

खिमबहादुर केसीको अध्यक्षता र गणेश शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला ईञ्चार्ज मानबहादुर बुढा, सहईञ्चार्ज गोविन्द पौडेल र अध्यक्ष चन्द्रबहादुर घिमीरेको पनि उपस्थिती रहेको थियो । सन्तोष गौतम