ताजा समाचार:
Search

म्याग्दीमा विविध कार्यक्रमसहित प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइने

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, वैशाख २१ गते ।
विविध कार्यक्रमहरुको आयोजना गरी म्याग्दीमा पहिलोपटक प्रथम राष्ट्रिय पत्रकारिता दिवस मनाइने भएको छ । यस वर्षदेखि सरकारले वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरिसकेको अवस्थामा म्याग्दी जिल्लामा पनि विभिन्न कार्यक्रमहरु गरेर बिहीबारदेखि शनिबार दिवस मनाउन लागिएको हो । 13124773_1009829002434725_1265941880966407786_n
म्याग्दीका प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य संयोजक रहेको मूल समारोह समितिको मङ्गलबार बेनीमा बसेको वैठकले विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउने निर्णय गरेको हो । जिविसका सूचना अधिकृत पदम भण्डारी सदस्य–सचिव, जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठ पदेन सदस्य, पत्रकारका पेशागत संघसङ्गठन तथा जिल्लाबाट राष्ट्रिय सञ्चारमाध्यममा आबद्ध पत्रकार सदस्य रहेको समितिले आवश्यक तयारी शुरु गरेको छ ।
मङ्गलबार जिल्लामा क्रियाशिल राजनीतिक दल, विषयगत कार्यालय, एवं सरोकारवाला निकायहरुसहितको वैठकबाट कार्यक्रमको पहिलो दिन पत्रकार र निजामति कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिने प्रथम राष्ट्रिय पत्रकारिता दिवस मूल समारोह समितिले जनाएको छ ।
यसैगरी २४ गते शुक्रबार सदरमुकाम बेनीमा प्रभातफेरी र जिविस सभाहलमा अन्तत्र्रिmया कार्यक्रम गरिने मूल समारोह समितिका सदस्य सचिव भण्डारीले जानकारी दिए । त्यस्तै शनिबार रेडक्रस म्याग्दी शाखा र जिल्ला अस्पतालको समन्वयमा शहिदस्तम्भ चोकस्थित चौतारीमा रक्तदान तथा बजार सरसफाइको कार्यक्रम तय गरिएको छ ।