समाचार

शिख र पिप्लेका कृषकलाई बाख्रा पाल्न अनुदान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ चैत । म्याग्दीको शिख र पिप्लेका एक सय जना कृषकहरुलाई आईतबार बाखापालनका लागि करिब एघार लाख रुपैयाँ अनुदान रकम वितरण गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले बाख्रा पैचो कार्यक्रम अन्तरगत शिख ९ गिवाङको प्रगतिशिल तथा पिप्ले ८ र ९ को मौवाफाँट बाख्रापालन समितिका पदाधीकारी मार्फत अनुदान उपलब्ध गराएको हो […]

म्याग्दीमा सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १४ चैत । म्याग्दीमा आईतबारदेखि सप्ताहब्यापी स्वच्छ तथा स्वस्थ्य मासु अभियान सुरु भएको छ । जिल्ला पशु सेवा कार्यालयले बधशालादेखि पसल र उपभोक्ताको भान्छासम्म सफा तथा स्वस्थ्य मासुको उपभोग गर्ने वातावरण बनाउन चेतनामुलक अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन सदरमुकाम बेनीमा ¥याली र सरोकारवालाहरुबीच सफा तथा स्वस्थ्य मासु कसरी […]

यस्तो छ पर्वतमा शिक्षाका कार्यालयका कर्मचारीको बद्मासी

महेन्द्र केसी /विकल्प न्यूज पर्वत,चैत १४ गते । पदीय दम्म देखाई नीजि विद्यालयमा छोराछोरी पढाउँदै पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालयका कर्मचारी एकपछि अर्को काण्डमा मुछिदै आएका छन् । कहिले लाखौ रकम लिएर शिक्षक सरुवा तथा कहिले आफ्ना श्रीमती र आफन्तलाई शिक्षकमा सरकारी विद्यालयमा भर्ति गरेको विषयले चर्चामा आइरहेका जिल्ला शिक्षा कार्यालय पर्वतका कर्मचारी फेरि अर्को […]

अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो

विकल्प न्यूज/बेनी म्याग्दी चैत १४ गते । म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ हिमालमा एक महिनादेखि हिमपहिरो रोकिएको छैन । फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो ।  दैनिक ठूलो आवाजमा पहिरो खस्ने क्रम अझै नरोकिएको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष […]

पुनहिलमा पर्यटकको चहलपहल बढ्यो(फोटोसहित)

विकल्प न्यूज/बेनी म्याग्दी १४ चैत । बसन्त ऋतुको आगमनसंगै म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ ।

मुस्ताङमा माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु

विकल्प न्यूज/मुस्ताङ मुस्ताङ १३ चैत । मुस्ताङको कुञ्जोमा शनिबार माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु भएको छ । दुई जना गम्भिर घाइते भएका छन् । घर छानामा राख्ने माटो (सखर) खन्न क्रममा माटोको ढिस्कोले पुरीएर कुञ्जो गाविस ८ छैयाकी ३५ वर्षिया सन्तमाया बिकको घटनास्थलमै मृत्यु भएको लेते प्रहरी चौकीले जनाएको छ । माटो खन्दै गर्दा […]

पर्वतको बनौं गाविसमा दुई सयको निशुल्क आँखा उपचार

अगन्धर तिवारी/विकल्प न्यूज पर्वत चैत १३ गते । पर्वतको बनौं गाविसमा करिव दुई सय जना व्यक्तिहरुको निःशुल्क आँखा जाँच गरिएको छ । शनिबार लायन्स क्लव अफ पर्वत मोदीकालीको आयोजना र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा बनौं र आसपासका गरि एक सय ८० जना व्यक्तिहरुको निःशुल्क आँखा परिक्षण गरिएको हो । कार्यक्रमका अवसरमा बोल्दै क्लवका […]

साहित्यकार शर्माको उपन्यास ‘धुमिल आकाश’को लोकार्पण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ चैत । म्याग्दीका साहित्यकार देवीप्रसाद शर्मा (शिव सस्मीत)द्धारा लिखित उपन्यास ‘धुमिल आकाश’को शनिबार लोकार्पण भएको छ । शैक्षिक बिषयबस्तुमा आधारीत उपन्यासको पोखरामा आयोजित एक समारोहमा संस्कृतीबिद् प्राज्ञीक व्यक्तित्व कवी तिर्थ श्रेष्ठले लोकार्पण गर्नुभएको हो । सप्तसारथी पब्लीकेशन प्रा.लीले प्रकाशन गरेको २१ अध्याय रहेको उपन्यासमा शैक्षिक क्षेत्रका सकारात्मक र नकारात्मक विषयबस्तुलाई […]

राममन्दिरको विकासका लागि करोडौको पुर्वाधार निर्माण

सन्तोष गौतम/विकल्प न्यूज पर्वत,चैत १३ गते । पर्वतको माझफाँट गाविस ८ मा रहेको राममन्दिरलाई धार्मीक पर्यटकीय गन्तब्य स्थलको रुपमा विकास गर्न करोडौ लगानी गरेर पुर्वाधार निर्माण भएको छ । धार्मीक तथा पर्यटकीय हिसावले प्रशस्त सम्भावना बोकेको राममन्दिरमा आउने भक्तजन तथा पर्यटकहरुको सुबिधाका लागि पुर्वाधार निर्माण गरिएको हो । राममन्दिर सञ्चालक समितिले पुर्वाधार निर्माणसंगै त्यहाँको धार्मीक […]

यसरी हुँदैछ रत्नेचौरमा अञ्चल स्तरीय खेलमैदान निर्माण (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ चैत । म्याग्दीको बेनी नगरपालीका १ रत्नेचौरका बासिन्दाहरुको पहलमा अञ्चल स्तरीय खेलमैदान निर्माण कार्य सुरु भएको छ । रत्नेचौर घर भई हाल विश्वका विभिन्न देशमा रहेका तथा देशभित्र पेशा व्यवसाय गर्ने रत्नेचौरबासीहरुको पहलमा स्थानीय बुढोचौर खेल मैदान स्तरवृद्धी गर्न लागिएको हो । हाल डोजर लगाएर खेलमैदान सम्माउने काम भैरहेको छ […]

बेनीमा खानेपानी सुरक्षा योजना बिषयक तालिम सञ्चालन

विकल्प न्यूज /बेनी म्याग्दी चैत १३ गते । म्याग्दी सदरमुकाम बेनीमा खानेपानी सुरक्षा योजना बिषयक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा सञ्चालित तालिम ५ दिनसम्म सञ्चालन हुनेछ । तालिममा परियोजनाका फिल्ड संयोजक, स्वास्थ्य प्रर्वद्धक, खानेपानी तथा सरसफाई प्राविधिक, वास सहजकर्ता र जिल्ला प्राविधिक […]

अस्पतालको शैयाबाट मृगौला पीडित दलीमाको बिलौना – म बाँच्न चाहन्छु

हिरा बुढाथोकी/विकल्प न्यूज म्याग्दी १३ चैत्र । म्याग्दीको मल्कबाङ ६ की ३६ वर्षिय दलीमा छन्त्याल यतीखेर राजधानी काठ्माण्डौ स्थित टिचिङ अस्पतालको वेडमा छट्पटाइ रहेकी छिन । शरिरको महत्वपुर्ण अङगले काम गर्न छोडेको डक्टरी रेपोर्ट छ । अस्पतालका अनुसार उनको दुबै मृगौला खराब भएको हो । न्युन आर्थीक स्थिती रहेको परिवारमा दलिमाको दुबै मृगौला प्रत्यारोपण गर्न […]

विकासको पर्खाइमा मुदीको बगर गाउँ (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,चैत १३ गते । मुदी गाविस ९ मा पर्ने बगर गाउँ म्याग्दीको बिकट र दुर्गम क्षेत्रमा पर्ने बस्ती हो । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको यात्रा गरेपछि बगर गाउँमा पुग्न सकिन्छ । सदरमुकाम बेनी देखि दरवाङ सम्म गाडीमा चढेर दुई घण्टामा पुगीन्छ । दरवाङदेखि बगर जाने दुई वटा बाटो छन् । बिम […]

बेनीमा नविन आनन्द योग केन्द्रको उद्घाटन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १३ चैत । म्याग्दीको बेनीमा स्थापना भएको नविन आनन्द योग केन्द्रको शुक्रबार साँझ उद्घाटन गरिएको छ । केन्द्रको योगगुरु डाक्टर विकासानन्दले एक समारोहका बीच उद्घाटन गर्नुभएको हो । योगको माध्यमबाट मानिसलाई तनावमुक्त बनाउने र स्वास्थ्य समस्या न्युनीकरण गर्न सघाउने उद्देश्यले केन्द्रको स्थापना भएको थियो । केन्द्रले म्याग्दीका साथै छिमेकी जिल्लाहरुमा योग […]

माझफाँटको राममन्दिरमा रामनवमी महोत्सव हुने

विकल्प न्यूज/बेनी पर्वत,चैत १२ गते । पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा चैत २६ देखि आगामी बैशाख ३ गतेसम्म श्रीमद् भागवत रामनवमी महामहोत्सव सञ्चालन हुने भएको छ । राष्ट्रिय परोपकार महासंघद्धारा संरक्षित राममन्दिरको सर्वाङगीण विकासका लागि रामनवमी पर्वको अवसरमा हुन लागेको महोत्सवको तयारी तिब्र पारिएको छ । कालीगण्डकी र राहुघाट नदीको संगम, कालञ्जर पर्वतको फेदी, […]