ताजा समाचार:
Search

बेनीमा खानेपानी सुरक्षा योजना बिषयक तालिम सञ्चालन

विकल्प न्यूज /बेनी
म्याग्दी चैत १३ गते ।
म्याग्दी सदरमुकाम बेनीमा खानेपानी सुरक्षा योजना बिषयक प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन भएको छ । जिल्ला विकास समिति, पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा सञ्चालित तालिम ५ दिनसम्म सञ्चालन हुनेछ । IMG_2618
तालिममा परियोजनाका फिल्ड संयोजक, स्वास्थ्य प्रर्वद्धक, खानेपानी तथा सरसफाई प्राविधिक, वास सहजकर्ता र जिल्ला प्राविधिक कार्यालयका प्राविधिक गरि २५ जनाको सहभागिता रहेको छ । IMG_2619
तालिममा परियोजना सहयोग ईकाइ पोखराका खानेपानी प्राविधिक विज्ञ तेजप्रसाद ओझा, स्थानीय विकास अधिकारी चिरञ्जीवि पौडेल, जिल्ला वास सल्लाहकार थरेन्द्र पौडेल, प्रमुख जिल्ला इन्जीनियर ओम बहादुर केसी, वास फोकल पर्सन राजेन्द्र आचार्य लगायतले सहजीकरण गर्नुभएको छ ।
तालिममा खानेपानीको सुरक्षा, पानीको गुणस्तर परिक्षण गर्ने विधि, मुल संरक्षण, जलवायु परिवर्तन अनुकुलन, विपत जोखीम न्युनीकरण लगायतको बिषयमा सहजीकरण हुने वास जिल्ला सल्लाहकार पौडेलले जानकारी दिनुभयो ।