ताजा समाचार:
Search

अस्पतालको शैयाबाट मृगौला पीडित दलीमाको बिलौना – म बाँच्न चाहन्छु

हिरा बुढाथोकी/विकल्प न्यूज
म्याग्दी १३ चैत्र ।
म्याग्दीको मल्कबाङ ६ की ३६ वर्षिय दलीमा छन्त्याल यतीखेर राजधानी काठ्माण्डौ स्थित टिचिङ अस्पतालको वेडमा छट्पटाइ रहेकी छिन । शरिरको महत्वपुर्ण अङगले काम गर्न छोडेको डक्टरी रेपोर्ट छ । अस्पतालका अनुसार उनको दुबै मृगौला खराब भएको हो ।
न्युन आर्थीक स्थिती रहेको परिवारमा दलिमाको दुबै मृगौला प्रत्यारोपण गर्न पर्ने भएपछी आर्थीक समस्याको चिन्ताले पिरोलेको छ । 12910762_1084574764925890_1473038764_n
उनलाई बचाउन कम्तिमा १२ लाख आवस्यक पर्ने डाक्टरले बताएका छन् । बिहान बेलुका छाक टार्न संघर्ष गरिरहेको उनको परिवार त्यती रकम जुटाउन सक्ने स्थितिमा छैन । सरसापटी खोज खाज गरेर अहिले सम्म उपचारमा ३ लाख भन्दा बढी खर्च भइसक्यो अब हामी सम्म केहि उपाय छैन आखाभरी आँसु पार्दै उनका श्रीमान जगबहादुर छन्त्यालले भने ।
५ वर्षिय छोरा ३ छोरीहरु र श्रीमान सहित म्याग्दी सदरमुकाम बेनीमा मजदुरी गरी जिवन निर्वाह गर्दै आएकी छन्त्याल अचानक घातक रोगको शिकार हुन पुग्दा परिवारमा बज्रपात परेको छ ।
अब के हुन्छ सोच्नै सकेको छैन चिन्ताले पिरोलेको छ त्यतीका पैसा हामीले कहाँ पाउने मर्ने त होला नी ! ब्याडमा पल्टिएकी दलीमाले गला अबरुद्व पार्दै भनिन । कुनै संघ–संस्था र दयालु मनहरुले सहयोग गरे आफु बाँच्न सक्ने भन्दै उनले सहयोगको लागि यचना गरेकी छिन ।
दलीमाको बिषयमा समाचार बाहिर आएपछी म्याग्दीका अधिकांस संघसंस्थाले चासो दिन थालेका छन् भने बिभिन्न मुलुकमा बैदेशिक रोजगारमा रहेका मल्कबाङ्बासीहरु सहयोग संकलनमा जुट्ने प्रतिबद्दता व्यक्त गरेका छन् । म्यादीले धेरै लाई सहयोगात्मक पुनर्जिवन दिएको छ दलीमा छन्त्यालको लागी पनि पक्कै सहयोगी हातहरु जुट्ने छन् र उनले पुनर्जिवन पाउने छिन ।