ताजा समाचार:
Search

मुस्ताङमा माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु

विकल्प न्यूज/मुस्ताङ
मुस्ताङ १३ चैत ।
मुस्ताङको कुञ्जोमा शनिबार माटोको ढिस्कोले पुरीएर एक जनाको मृत्यु भएको छ । दुई जना गम्भिर घाइते भएका छन् ।

घर छानामा राख्ने माटो (सखर) खन्न क्रममा माटोको ढिस्कोले पुरीएर कुञ्जो गाविस ८ छैयाकी ३५ वर्षिया सन्तमाया बिकको घटनास्थलमै मृत्यु भएको लेते प्रहरी चौकीले जनाएको छ ।bikalpa_logo

माटो खन्दै गर्दा खसेको ढिस्कोले पुरीएर स्थानीय १९ वर्षिया सुस्मी बिक र २० वर्षिय अजय छन्त्याल घाईते भएका लेते प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कृष्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

घाईते दुई जनालाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि पोखरा पठाइएको केन्द्रका चिकित्सक सिताराम कार्कीले बताउनुभयो । मुस्ताङमा घरको छाना माटोले छाउने चलन रहेको छ ।