ताजा समाचार:
Search

साहित्यकार शर्माको उपन्यास ‘धुमिल आकाश’को लोकार्पण

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १३ चैत ।
म्याग्दीका साहित्यकार देवीप्रसाद शर्मा (शिव सस्मीत)द्धारा लिखित उपन्यास ‘धुमिल आकाश’को शनिबार लोकार्पण भएको छ ।Upanas Lokarpan 1

शैक्षिक बिषयबस्तुमा आधारीत उपन्यासको पोखरामा आयोजित एक समारोहमा संस्कृतीबिद् प्राज्ञीक व्यक्तित्व कवी तिर्थ श्रेष्ठले लोकार्पण गर्नुभएको हो ।dhumil

सप्तसारथी पब्लीकेशन प्रा.लीले प्रकाशन गरेको २१ अध्याय रहेको उपन्यासमा शैक्षिक क्षेत्रका सकारात्मक र नकारात्मक विषयबस्तुलाई उठान गरिएको छ ।Upanas Lokarpan

बेनीबाट प्रकाशन हुने नवविकल्प साप्ताहीकका प्रधान सम्पादक र पौलत्स्य उच्च मावि भिरमुनीमा अध्यापन गर्नुहुने शर्माको उपन्यास तेस्रो कृती हो । उहाँले यसअघि गत कात्तिकमा बहाव गजल संग्रह र २०६९ मा हास्यब्यङ्ग्य निबन्ध संग्रह डायरीमा टाउकेहरु प्रकाशन गर्नुभएको थियो । Upanas Lokarpan 2

सप्तसारथी पब्लीकेशनका अध्यक्ष बोधराज ढकालको अध्यक्षता, सचिव डिल्लीराम अर्यालको सञ्चालन र डोलराज अर्यालको स्वागतमा सम्पन्न भएको कार्यक्रममा साहीत्यकार गनेश पौडेलले कृतीको समिक्षा गर्नुभएको थियो । म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीले कृतीका लेखक शर्माको परिचय गराउनुभएको थियो ।