अन्नपूर्ण हिमालमा एक महिनादेखि हिमपहिरो

विकल्प न्यूज/बेनी
म्याग्दी चैत १४ गते ।

म्याग्दीको नारच्याङ गाविसमा पर्ने अन्नपूर्ण साउथ हिमालमा एक महिनादेखि हिमपहिरो रोकिएको छैन ।

फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो ।  दैनिक ठूलो आवाजमा पहिरो खस्ने क्रम अझै नरोकिएको जानकारी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले दिए । अन्नपूर्ण साउथ हिमालको एक छेउबाट घलेम्दीखोला र अर्को छेउबाट रेलेखोला बग्छन् ।annapurna

दुवै खोला नारच्याङदेखि केही माथि आई नीलगिरि हिमाल भएर बग्ने मिरिस्टीखोलामा मिसिन्छन् । त्यही मिरिस्टी कालीगण्डकीमा मिसिने भएकाले अहिले कालीगण्डकीको सतह पनि बढेको छ। ‘कालो हुने कालीगण्डकी दाना क्षेत्रबाट तल लेदो मिसिएकाले सेतो देखिएको छ । शुक्रबार बेलुका पनि ठूलो हिमपहिरो गयो’, अध्यक्ष गुरुङले भने, ‘एकछिन त पानीको सतह एकदमै बढेको थियो।’

शुक्रबार तुलनात्मक रूपमा घलेम्दीखोलाको सतह बढेका कारण नारच्याङ क्षेत्रमा निर्मित ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाले निर्माण गरेको काठेसाँघु बगाएको आयोजनाका कम्पनी सचिव विमल रिजालले बताए।’पानी निरन्तर धमिलो आइरहेको छ । बेसक्याम्प जानसक्ने स्थिति छैन ।

फागुन १० गते भीषण हिमपहिरो जाँदा धुलोका कारण तीन दिनसम्म पोखरा जोमसोम हवाई उडानसमेत प्रभावित बनेको थियो ।

त्यहाँको अवस्था अहिलेसम्म यकिन भएको छैन’, उनले भने । बादलजस्तै आकाशमा फैलिएको धुलोका कारण फागुन १२ मा पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज दाना गाविसको सोलीघोप्टे डाँडामा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको थियो । onlinekhabar