समाचार
म्याग्दीमा स्थानीयतको पुनःसरचना गर्दा अपनाउनु पर्ने सतर्कता

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज म्याग्दी,साउन २४ गते । मुलुकभर यतिबेला स्थानीय तहको सिमाङ्कन र विभाजनको बहस चलिरहेको छ । वास्तवमा पुनर्संरचना भनिए पनि गर्नखोजिएको कुरा नयाँ संरचना निर्माण गर्नु नै हो । देशको संघीय ढाँचामा पुनर्संरचना गर्ने राजनीतिक उद्देश्यको अवधारणाले त्यसै भन्छ । तर व्यवहारमा पुरानो जिल्लाको संरचना यथावत राख्ने निर्णय भएपछि स्वभावतः त्यो अभियान […]
म्याग्दीमा गरिबीले बढायो आत्महत्या

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन २४ गते । बेनी नगरपालिका ११ भिरमुनीमा २०७२ असोजमा ४० वर्षिया महिलाले झुण्डीएर आत्महत्या गरिन् । भिरमुनीको आत्महत्याको घटना सेलाउन नपाउँदै नगरपालिकाकै ५ नम्बर वडामा पर्ने थाकनपोखरीमा पनि त्यस्तै घटना घट्यो । २२ वर्षकी अर्की युवतीले देहत्याग गरिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा मासिक दुई वटाको अनुपातमा आत्महत्याको घटना दर्ता हुन्छन् […]
म्याग्दीमा वैंकहरुको लगानी वढ्दो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन २४ गते । पहाडी जिल्ला म्याग्दीमा बैङ्किङ लगानी बढ्दै गएको छ । सदरमुकाम बेनी, दरवाङ, बाबियाचौर र भुरुङ तातोपानीमा शाखा रहेका विभिन्न बैङ्क तथा वित्तिय संस्थाको लगानीसंगै निक्षेप संकलन र मुनाफा पनि बढेको छ । ब्यापार, व्यवसाय, घरजग्गा, बैदेशिक रोजगार, कृषि, पशुपालन, होटल तथा रेष्टुरेष्ट लगायतका क्षेत्रमा बैङ्कीङ तथा वित्तिय संस्थाले […]
जाने हैन खोप्रालेक ? (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज म्याग्दी साउन २३ गते । आँखै अगाडी देखिने चाँदी जस्तै हिमाल । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय खोप्रालेक म्याग्दीको पर्यटकीय संभावनायुक्त स्थाल हो । समुन्द्री सतह देखि तिनहजार ६ सय साठी मिटर उचाइमा रहेको खोप्रालेक उत्तरी म्याग्दीको शिख गाविसमा पर्दछ । यहाँको प्राकृतिक सौन्दर्यता आकर्षणको केन्द्र हो । धौलागिरि,अन्नपूर्ण साउथ,निलगिरि लगायतका दर्जनौ […]
बहसः आविष्कार केन्द्र सरकारले खोल्ने कि महावीरले ?

अरुण बराल ३ साउन, काठमाडौं । चर्चित विकास अभियन्ता महावीर पुनले आफू अध्यक्ष रहेको ‘राष्ट्रिय आविश्कार केन्द्र’का लागि सरकारसँग एकमुष्ट ५४ करोड रुपैयाँका साथै पूर्वराजपरिवारका नाममा रहेको करीब १ सय रोपनी जग्गासमेत माग गरेका छन् ।पुनले नेपाल सरकारलाई पेश गरेको आफ्नो ‘प्रपोजल’मा आविष्कार केन्द्रका लागि चाहिने नेपाल ट्रष्टका नाममा रहेको करिब १ सय रोपनी जग्गा […]
बेनीमा यसरी मनाइयो नागपञ्चमी (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २३ साउन । प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आईतबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइएको छ । यो दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत बिषयुत्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । म्याग्दीका बासिन्दाले पनि […]
म्याग्दी एकता सेवा समिती युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

हिरा बुढाथोकी/विकल्प न्यूज दुबई २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेष भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पु¥याउने उद्देश्यका साथ सन २०१४ डिसेम्बर ५ तारिख […]
सिंगामा प्रहरीको नागरिक सुनुवाई

विकल्प न्यूज/बेनी साउन २२ गते । बेनी नगरपालिका १४ सिंगामा शुक्रबार जिल्ला प्रहरी कार्यालयको आयोजनामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । समुदायको गुनासो, सुझाव र अपेक्षा सुन्ने तथा अपराध, दुर्घटना र विकृती न्युनीकरण एवं विपद् ब्यवस्थापनका लागि प्रहरीले गर्ने गतिबिधिको बारेमा जानकारी गराउने उद्देश्यले नागरिक सुनुवाई गरिएको हो ।प्रहरी समुदायको रक्षक र सहयोगी हो […]
विष्णु पौडेलको खुलासाः महावीरले ‘बिजुली निकाल्न’ ५० करोड मागेका थिए

२१ साउन, काठमाडौं । सूचना प्रविधिसम्बन्धी अनुसन्धानकर्ता महावीर पुनले वैज्ञानिक अनुसन्धान केन्द्र खोल्नका लागि सरकारबाट सहयोग नपाएको गुनासो आइरहेका बेला उनलाई केपी ओली नेतृत्वको सरकारले ५ करोड रुपैयाँ दिने प्रस्ताव गरेको खुलासा भएको छ । तर, पुनले थोरै भएको भन्दै सो रकम लिन अस्वीकार गरेको ओली सरकारका एक मन्त्रीले खुलासा गरेका छन् । उनले आफ्नो […]
म्याग्दीमा टेलिफोन महसुल नतिर्नेलाई कालोसूचीमा राख्ने तयारी

सन्तोष गौतम/विकल्प न्यूज साउन २० गते । साउन २०, म्याग्दी । तारजडित टेलिफोन महसुल नतिर्ने १०० भन्दा बढीको नाम कालोसूचीमा राख्ने तयारी भएको छ । नेपाल टेलिकम शाखा कार्यालयले वर्षौंदेखि महसुल नतिर्ने र लाइन ओगटेर बसेकाको पहिचान गरी उनीहरुलाई कालोसूचीमा राख्ने तयारी गरेको हो । उनीहरुले रु १६ लाखभन्दा बढी टेलिफोन महसुलको बक्यौता तिर्न बाँकी […]
मिलनचोकलाई गाउँपालिकाको केन्द्र बनाउन प्रस्ताव

विकल्प न्यूज/बेनी पर्वत, मिलनचोक साउन २० गते । यहाँका राजनीतिकदल,समाजसेवी र नागरिकसमाजका अगुवाहरुले माझफाँट,लेकफाँट,सालिजा,वासखर्क,धाइरिङ,नाग्लीवाङ र बनौ गाविस मिलेर बन्ने गाउँपालिकाको केन्द्र धाइरिङको मिलनचोकलाई बनाउन प्रस्ताव गरेका छन् ।विहिबार मिलनचोकमा भएको सर्वपक्षिय भेलाले मिलनचोकलाई गाउँपालिका केन्द्र बनाउन जिल्ला स्थिति राजनीतिक दल र स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिलाई आग्रह गर्ने निर्णय गरेको छ । वासखर्क,लेकफाँट,सालिजा र नाग्लीवाङलाका […]
कोरियामा म्याग्दी रनिङ कप

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा सउलमा म्याग्दी रनिङ कप २०१६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ । कोरीयामा म्याग्देलीहरुलाई आपत, विपत परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले म्याग्दी आवासगृह निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो । १८ टिम […]
राम्चेलाई पर्वतको लेकफाँटतिर समावेश गर्न माग

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी १९ साउन । स्थानीय तहको पुनसंरचनाको क्रममा म्याग्दीको राम्चे गाविसका बासिन्दाले उत्तरी पर्वतको गाविसहरुसंगै समावेश गर्न माग गरेका छन् । गाविस कार्यालयको आयोजनामा भएको छलफलमा प्रस्तावीत कालीगण्डकी, निलगिरी वा अन्नपूर्ण गाउँपालिकामा समावेश गरिएको राम्चेका अगुवा र सरोकारवालाले प्रशासनीक सुगमता तथा सांस्कृतीक, आर्थिक र भौगोलिक सम्बन्धका कारण लेकफाँटसंगै समावेश गर्नुपर्ने निर्णय […]
म्याग्दीमा मोवाईल चोरको बिगबिगी

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ साउन । म्याग्दीमा पछिल्लो समय मोवाईल फोन चोरीको घटना बढेको छ । सदरमुकाम र आसपासका बजार क्षेत्रबाट प्रहरीले एक हप्तायता सात वटा हराएका मोवाईल बरामद गरि सम्बन्धित व्यक्तिलाई बुझाई सकेको छ । अधिकांश मोवाईल चोरी घर, पसलमै राखेको अवस्थामा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र सिङ गुरुले बताउनुभयो । […]
बेनीमा नौ दिनपछि खानेपानी वितरण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा नौ दिनपछि मंगलबारदेखि खानेपानी वितरण सुरु भएको छ । बेनी बजारमा खानेपानी ल्याउने पाईपमा पहिरोले क्षत्ती पु¥याएपछि साउन १० गतेदेखि खानेपानी वितरण हुन सकेको थिएन् । बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले तत्काललाई पाईप मर्मत गरेर अस्थाई रुपमा खानेपानी आपूर्ती गराई वितरण गरीएको जनाएको छ […]