राम्चेलाई पर्वतको लेकफाँटतिर समावेश गर्न माग

सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी १९ साउन ।
nagiस्थानीय तहको पुनसंरचनाको क्रममा म्याग्दीको राम्चे गाविसका बासिन्दाले उत्तरी पर्वतको गाविसहरुसंगै समावेश गर्न माग गरेका छन् ।

गाविस कार्यालयको आयोजनामा भएको छलफलमा प्रस्तावीत कालीगण्डकी, निलगिरी वा अन्नपूर्ण गाउँपालिकामा समावेश गरिएको राम्चेका अगुवा र सरोकारवालाले प्रशासनीक सुगमता तथा सांस्कृतीक, आर्थिक र भौगोलिक सम्बन्धका कारण लेकफाँटसंगै समावेश गर्नुपर्ने निर्णय गरेका हुन् ।

जिल्लाका राजनीतिक दल र सरोकारवालाले प्रस्ताव गरेको गाउँपालिकाको पोखरेबगरमा रहने केन्द्रबाट सेवा सुबिधा उपभोग गर्न अपायक पर्ने भएकाले पर्वतको उत्तरी क्षेत्रका गाविसहरु समावेश भएर गठन हुने गाउँपालिकामा समावेश हुने सुझाव पेश गर्ने निर्णय भएको गाविस सचिव कृष्ण विश्वकर्माले बताउनुभयो ।

जिल्ला टुत्र्याएर लेकफाँटतर्फको गाउँपालिकामा समावेश गर्न नसकेको उत्तरी म्याग्दीका गाविसहरु समावेश गरेर गठन हुने गाउँपालिकाको केन्द्र हिस्तानको घराम्दीमा र राम्चेमा उपकेन्द्र बनाउनुपर्ने अर्को विकल्प पनि प्रस्ताव गरिएको छ ।

प्रस्तावीत गाउँपालिकाको केन्द्र पोखरेबगर भन्दा पर्वतको मिलनचोक नजिक र सुगम पर्ने तथा उत्तरी पर्वतसंगको भौगोलिक सामिप्यता, सांस्कृतीक, आर्थिक सम्बन्धका कारण फरक जिल्लाको गाउँपालिकामा समावेश हुने आवाज उठेको राम्चेका अगुवा फासबहादुर पुर्जाले बताउनुभयो ।