बेनीमा यसरी मनाइयो नागपञ्चमी (फोटोसहित)

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी २३ साउन ।
प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आईतबार परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर मनाइएको छ ।  DSC02572यो दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत बिषयुत्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको छ । म्याग्दीका बासिन्दाले पनि आफ्नो नाग देवताको थानमा पूजा गरेर घरको ढोकाहरुमा तस्विर टाँसेर यो पर्व मनाएका छन् ।DSC02580 बेनीका बासिन्दाले लक्ष्मीनारायण मन्दिर क्षेत्रमा रहेको नागको मुर्तीमा पूजा र फुलप्रसाद चढाएर घरको ढोकामा चित्र टासेका छन् । नागपञ्चमीका दिन आफ्ना कुलनागका थानमा पनि विशेष रुपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ । DSC02563अनन्त, वासुकी, पद्य, महापद्य, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाइएका घरमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चर्तुवर्ग चिन्तामणिमा उल्लेख गरिएको छ ।DSC02562