कोरियामा म्याग्दी रनिङ कप

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ साउन ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाको आयोजनामा सउलमा म्याग्दी रनिङ कप २०१६ भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

कोरीयामा म्याग्देलीहरुलाई आपत, विपत परेको अवस्थामा सहयोग गर्ने उद्देश्यले म्याग्दी आवासगृह निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले आईतबार पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको हो ।IMG_6586

१८ टिम सहभागी पुरुष भलिबलमा बागलुङ सम्र्पक समिति प्रथम र कास्की परिवार दितृय भएका छन् । यसैगरी युनिभिजन गु्रप र छन्त्याल परिवार सान्तवना तथा बागलुङका अर्जुन थापा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रथम, दितृय र सान्तवना टिमले रनिङ कप र प्रमाणपत्र सहित क्रमश नगद १२ लाख, नौ लाख तथा तिन तिन लाख वन हात पारेका छन् । उत्कृष्ट खेलाडी थापालाई ट्रफी र एक लाख वन पुरस्कार प्रदान गरिएको थियो ।FB_IMG_1470226074752तिन समूह सहभागि महिला भलिबल प्रतियोगितामा पुन समाज प्रथम र मोना कोरीयाको समूह प्रथम र दितृय भएका छन् । प्रथम र दितृय हुने समूहले रनिङ रनिङ कपको साथमा एक लाख पचास हजार वन र पचहत्तर वन पुरस्कार पाएका छन् ।

एनआरएन कोरियाका अध्यक्ष राजु क्षेत्री, बरिष्ठ उपाध्यक्ष ओमनारायण जुक्जाली र मोना कोरीयाका अध्यक्ष आलोक बानियाले पुरस्कार वितरण गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव राजकुमार फगामीले गर्नुभएको थियो । कार्यक्रमको आय ब्यय विवरण छिट्टै सार्वजनीक गर्ने र बचत हुने रकम म्याग्दी आवास गृह बनाउन खर्च हुने मोना कोरियाले जनाएको छ ।