मिलनचोकलाई गाउँपालिकाको केन्द्र बनाउन प्रस्ताव

विकल्प न्यूज/बेनी
पर्वत, मिलनचोक साउन २० गते ।

यहाँका राजनीतिकदल,समाजसेवी र नागरिकसमाजका अगुवाहरुले माझफाँट,लेकफाँट,सालिजा,वासखर्क,धाइरिङ,नाग्लीवाङ र बनौ गाविस मिलेर बन्ने गाउँपालिकाको केन्द्र धाइरिङको मिलनचोकलाई बनाउन प्रस्ताव गरेका छन् ।milanchookविहिबार मिलनचोकमा भएको सर्वपक्षिय भेलाले मिलनचोकलाई गाउँपालिका केन्द्र बनाउन जिल्ला स्थिति राजनीतिक दल र स्थानीयतह पुनसंरचना प्राविधिक सहयोग समितिलाई आग्रह गर्ने निर्णय गरेको छ ।

वासखर्क,लेकफाँट,सालिजा र नाग्लीवाङलाका वासिन्दाहरुलाई समेत केन्द्रबाट प्रवाह हुने सेवा सुविधा लिन सरल र सहज हुने हिसावले मिलनचोकलाई केन्द्र बनाउन उपयुक्त हुने धाइरिङ गाविसका भूपू अध्यक्ष रुद्रलाल उपाध्याले बताउनुभयो । मिलनचोकलाई केन्द्र बनाउका लागि धाइरिङ,सालिजा,लेकफाँट,बनौ र नाग्लीवाङवासीहरु समेतको सहमति भएकाले कसैले विरोध गर्नुपर्ने कुनै कारण नभएको उहाँले बताउनुभयो ।DSC01960

भौगोलिकता र प्रशासनिक सुगमताका हिसावले मिलनचोकलाई गाउँपालिकाको केन्द्र बनाउन सकिने अधिकांश जनताको सुझाव आएको नेकपा एमाले नग्लीवाङ गाउँ कमिटीका अध्यक्ष महेन्द्र रेग्मीले बताउनभयो । मिलनचोकलाई केन्द्र बनाउन नाग्लीवाङवासीहरुको पनि सहमति रहेको उहाँले बताउनुभयो ।

भेलाले जलजला,कालाञ्जर,मल्लाज र हम्पाल कुनै एकलाई गाउँपालिकाको नामकरण गर्नुपर्ने प्रस्ताव गरेको नेकपा माओबादी केन्द्र धाइरिङका अध्यक्ष हरिप्रसाद आचार्यले बताउनुभयो ।DSC01962भेलामा नेपाली काँग्रेस धाइरिङ गाउँ समितिका सभापति राजु आचार्य, नेकपा माओबादी केन्द्र पर्वतका नेता दिपक आचार्य, दुर्गा दर्जी,नेकपा एमाले धाइरिङका प्रतिनिधि वेदनाथ आचार्य लगायतले मिलनचोकलाई गाउँपालिकाको केन्द्र बनाउन जिल्लामा पहल गर्नुपर्ने धारणा राखेका थिए ।DSC01965

उता मल्लाज माझफाँटका स्थानीयवासीहरुले भने माझफाँटलाई गाउँपालिका केन्द्र बनाउनु पर्नेमा जोड दिएका छन् । विहिवारै स्थानीय राजनीतिकदल सहितको सर्वपक्षिय भेलाले मल्लाज गाउँपालिका बनाउनुपर्ने र केन्द्र माझफाँटमा राख्नुपर्ने प्रस्ताव गरेको नेपाली काँग्रेस माझफाँटका सचिव नविन केसीले जानकारी दिनुभयो ।