म्याग्दी एकता सेवा समिती युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

हिरा बुढाथोकी/विकल्प न्यूज
दुबई २२ साउन ।
संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेष भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पु¥याउने उद्देश्यका साथ सन २०१४ डिसेम्बर ५ तारिख स्थापना भएको म्याग्दी एकता सेवा समाज युएई शुक्रबार औपचारीक रुपमा मोनामा गाभिएको हो ।

तीन महिना अघी गत जुनमा प्रताब सुबेदीको अध्यक्षतामा म्याग्दी  भेलामा नव गठित मोनाका अध्यक्ष प्रताब सुबेदीले आफुहरुलाई पुर्व गठित संस्थाबारे जानकारी नभएकोले म्याग्दी अन्तराष्ट्रीय प्रबासी संघलाई पछ्याउदै मोना गठन गरेको बताएका थिए भने पुर्व गठित एकता सेवा समजका अध्यक्ष सुशिल केसीले आफुहरु सकृय रहदा रहदै पनि प्रचार प्रसारमा भएको कम्जोरीका कारण अवगत हुन नसकेको धाराणा राखेका थिए ।13942386_1173134632736569_1789637519_n भेलामा उपस्थित सबैको एक भएर अघी बढ्ने साँझा धराणा बनेपछी पूर्व गठित सेवा समितिका अध्यक्ष मोनाका संरक्षक रहने निर्णय सहित आगामी बैठकले कार्यसमिती पुनर्गठन गर्ने निर्णय भएको थियो ।

कार्यक्रममा गत इदमा आयोजित भलिबल खेलमा सहभागी खेलाडीलाईहरुलाई सम्मान गरिएको थियो । भने भाबी योजना बारे छलफल गरी म्यग्देलीहरुलाई मोनामा आवद्द गराउन पहल गर्दै साधारण वार्षिक र आजिबन गरी तीन तहमा सदस्यता बितरण गर्ने निर्णय समेत भएको थियो ।13918655_1173176152732417_2037215750_oओम कुमारी शन्ती कोष र म्याग्दी लाई फ्री वाइफाइ जिल्ला बनाउने अभियान लगाएत परोपकारी काममा सहयोग पुर्याउने बिषयमा समेत भेलामा छलफल भएको थियो ।

प्रताब सुबेदीको अध्यक्षतामा बसेको उक्त भेलामा उपाध्यक्ष संरक्षक सहभागीले मन्तब्य राखेका थिए । प्रबिधिको प्रयोग गर्दै समयको सदुपयोग गरेर धेरै कुराको निर्णय गर्न सकिने भन्दै आगामी बैठकको स्थान अनलाईन बैठकबाट तय गर्ने निर्णय सहित कार्यक्रम समापन भएको थियो । उक्त कार्यक्रमको संचालन प्रकाश शर्माले गरेका थिए ।