जाने हैन खोप्रालेक ? (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज
म्याग्दी साउन २३ गते ।

photo by chitra punआँखै अगाडी देखिने चाँदी जस्तै हिमाल । मनोरम प्राकृतिक सौन्दर्यता सहितको रमणीय खोप्रालेक म्याग्दीको पर्यटकीय संभावनायुक्त स्थाल हो । समुन्द्री सतह देखि तिनहजार ६ सय साठी मिटर उचाइमा रहेको खोप्रालेक उत्तरी म्याग्दीको शिख गाविसमा पर्दछ । यहाँको प्राकृतिक सौन्दर्यता आकर्षणको केन्द्र हो ।

धौलागिरि,अन्नपूर्ण साउथ,निलगिरि लगायतका दर्जनौ हिमाल र डाँडाकाडाहरुले पर्यटकहरुलाई लोभ्याउने गर्दछ । पहाडको टाकुरामा अवस्थित खोप्रालेकबाट देखिने प्राकृतिक दृश्यमा रमाउन वर्षेनी हजारौ पर्यटकहरुले खोप्रालेकको उचाइलाई वढाएको छ । असोज देखि मंसिर सम्म र फागुन देखि जेठ सम्म भ्रमणका लागि उपयुक्त वातावरण मानिन्छ ।photo by chitra pun 01
सामुदायिक पदमार्गको पदयात्रामा सुन्दर पर्यवरणीय गाउँहरुको अवलोकन गर्दै यहाँ आउन सकिन्छ । कास्कीको सुन्दर गाउँ घान्द्रुक देखि म्याग्दीको वहेली हुँदै यहाँ खोप्रालेक पुग्न सकिन्छ । यसका साथै जिल्लाको बेनी–नागी–महरेडाँडा, स्वात –डानखर्क हुँदै खोप्रालेख पुग्नका लागि रमणीय सामुदायिक पदमार्गको विकास गरिएको छ । Padamarga 3 Banayakoखोप्रालेक पुगेका पर्यटकहरुले यहाँको प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दै पाउद्धार हुँदै तातोपानीको मज्जा लिन झर्ने गर्दछन् । भने केही पर्यटकहरु घोडेपानी वा महरे डाँडाको अवलोकन गर्दै नागी–लेस्पार–पुर्णगाउँ हुँदै कास्कीको नयाँ पुल झर्ने गर्दछन् ।Ghorapani bata khopra jadai o Tourist (2)पदमार्गमा मगरसंस्कृति,भेषभूषाको अवलोकन र न्यानो आथित्य सत्कारले पर्यटकको थकानलाई मेटाइदिन्छ । DSC03543खोप्रालेकमै छ अर्को पर्यटकहरुलाई आनन्द दिने खयरवहरा ताल । यहाँबाट पाँचघण्टाको पैदल यात्रा पछि पुग्न सकिन्छ । जनै पूर्णिमाका दिन यहाँ ठूलो मेला लाग्छ । हजारौ धार्मिक पर्यटकहरु खयरवराही मन्दिरमा पुजा गर्न र भाकल गर्न आउँछन् ।khayar baraha tal 2सामुदायिक पदमार्गमा पर्ने विभिन्न स्थानमा टि हाउस, क्याम्पेनिङ्ग र होमस्टे सुविधा उपलब्ध भएकाले पनि खोप्रालेक पर्यटकरुको थप आकर्षण बन्न थालेको सामुदायिक पदमार्गका समन्वयकर्ता चित्र पुन बताउनु हुन्छ । पदमार्गमा स्थानीयहरुको पहलमा खोलिएका सामुदायिक लजहरुले पर्यटकलाई वस्न र खानको समस्या छैन् । खोप्रालेकमा रहेको खोप्रा सामुदायिक लजमा २० जना पर्यटक वस्ने सक्ने क्षमताको लज छ । अहिले लजको क्षमता विस्तारमा समुदाय कस्सिएका छन् ।thumb_IMG_6639_1024KhopraCommunityLodgeअहिले यस क्षेत्रमा पर्यटकहरुका लागि पदयात्रा मार्गमा आवश्यक पर्ने सुविधासम्पन्न होटल, बाटो आदि पूर्वाधार बनेका छन् । पर्यटकहरुका लागि पदयात्रा क्षेत्रमा पर्याप्त खाना तथा आवास एवं बाटो घाटो मर्मत सुधार गरिएपछि यो ट्रेकिङ रुट पर्यटकका लागि निकै आरामदायि बन्न थालेको स्थानीयको भनाई छ ।mahare bat herdaiपदमार्गमा पर्ने असजिला बाटो फराकिलो बनाईको छ । ठाउँ–ठाउ“मा सफा पिउने पानीको प्रबन्ध पनि गरिएको छ । पदयात्रा मार्गमा पर्ने वस्ती बाहिरका गन्तब्यहरु डाँनखर्क, महरे, खोप्रा, स्वाता लगाएतका ठाउ“मा निजी तथा सामुदायिक लगानीमा गेष्ट हाउस बनेका छन् । चल्तीको अन्नपुर्ण पदमार्गको जस्तै सौन्दर्य र रोमाञ्चक क्षेत्रलाई स्थानिय समुदायले वैकल्पिक पदमार्गको रुपमा बेनी–नागी–खोप्रा ्‘इको पदमार्ग’ प्रचलनमा ल्याएका छन् । नागी–महरेडाँडा–घोरेपानी–स्वाता–खोप्रा–खयरबराहतालबाट नारच्याङ्ग–तातोपानी हुँदै बेनी र्फकने १४ दिने लामो साहसिक पदमार्ग भित्रका बाँसखर्क, नागी, टिकोट, खिवाङ्ग, स्वाता, नारच्याङ्ग लगाएतका गाउँमा पर्यटकलाई होमस्टे गराइ स्थानियले न्यानो आतिथ्यता प्रदान गर्छन् । पदमार्गमा ्होमस्टे संञ्चालन गरिएका सबै गाउँ मगर बाहुल्य वस्ती रहेका छन् ।
अन्नर्पूण र धौलागिरी हिमश्रृखलामा देखिने सूर्योदय र सुर्यास्तको दृष्य, याक फार्मिङ्ग, जंगल यात्रा, हिमाली ताल तलैया र हिमाली वन्यजन्तु एवं पंक्षिहरु देख्न सकिने प्राकृतिक सुन्दरताको दृष्यावलोकन तथा जैविक विविधताको अध्ययनका लागि यस पदयात्रा मार्गलाई उपयुक्त मान्न सकिने यहाँका पर्यटन व्यवासयी बताउछन् । पदमार्गको मुख्य आकर्षण अग्लो खोप्रालेक हो । खोप्रालेकको भौतिक पूर्वाधार निर्माण गर्न र पदमार्गको विकास गर्न अझै आवश्यक रहेको स्थानीयहरु बताउँछन् ।PHOTO KHOPRA 0यहाँ चौरी पालन, चौरी गोठमा इन्टरनेट क्याफे, हिमाली जलवायु अध्ययन केन्द्र तथा हिमतालहरु हेर्न सकिन्छ । पदयात्रीलाई संञ्चार सुविधाकालागि रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनको पहलमा सस्तो इन्टरनेट समेत संञ्चालन गरिएको छ ।  तस्विरहरु ः चित्र तिलिजा पुन,सन्तोष गौतम,ठाकुरप्रसाद आचार्य (स्रोत नखुलाइ तस्विरहरु प्रयोग नगरिदिनुहोला)