समाचार

नारच्याङमा जलविद्युत आयोजना थपिदै

विकल्प न्यूज/बेनी मंसिर २० गते । प्रस्तावीत अन्नपूर्ण गाउँपालिकामा पर्ने म्याग्दीको नारच्याङमा एक पछि अर्को गर्दै जलविद्युत आयोजना निर्माण हुन थालेको छ । विगत तिन वर्षदेखि पाँच मेघावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना निर्माण भैरहेको नारच्याङ १ मा ४२ मेघावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजना निर्माण सुरु भएको छ । वि.स २०४४ देखि दुई मेघावाट क्षमताको तातोपानी […]

म्याग्दीमा खेतीयोग्य जमिन बाँझीदै

विकल्प न्यूज/बेनी मंसिर २० गते । पहाडी जिल्ला म्याग्दीमा खेती योग्य जमिन बाँझीने समस्या बढेको छ । जिल्लाको एक तिहाई भन्दा बढी खेतीयोग्य जमिन बाँझो बनेको कृषि विकास कार्यालयको तथ्याङ्क छ । बिदेश पलायन, बसाईसराई र सुबिधाभोगी जिवनशैलीका कारण खेतीयोग्य जमिन बाँझीने समस्या बढेको हो । ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन रहेको म्याग्दीमा हाल […]

गुम्यो हात, गुमेन हिम्मत !

१९ मंसिर, म्याग्दी । संघर्षले मानिसलाई सफल मात्रै होइन सक्षम पनि बनाउँछ । परिश्रम र सङ्घर्षले जीवनमा कतिपय नसोचिएका र आशा मारिएका कुराहरु पनि सम्भव तुल्याइदिँदा रहेछन् । यो कुरा दुबै हात गुमाएका म्याग्दीका सुरेन्द्र खत्रीको जीवनसँग ठ्याक्क मेल खान्छ ।जिल्लाको बावियाँचौर–६ सल्यान गाउँका २८ वर्षीय युवक सुरेन्द्र खत्रीका दुबै हात छैनन् । तत्कालीन दश […]

दरवाङ बचतको अध्यक्षमा शर्मा

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १९ मंसिर । दरवाङ बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशनबाट सुरेन्द्रराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ । समितिको उपाध्यक्षमा कमलनाथ शर्मा, सचिवमा बालकृष्ण शर्मा, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य र सहसचिवमा रघुनाथ न्यौपाने रहनुभएको छ । समितिको सदस्यहरुमा दुर्गाप्रसाद बुढा, जगबहादुर किसान, हरिकला थापा, ठाकुर पौडेल, […]

दानामा सब स्टेशन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १९ म्याग्दी । म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत सब स्टेशन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत प्राधिरणले कालीगण्डकी प्रशारण कोरीडोर आयोजना अन्तरगत दानामा सब स्टेशन निर्माण सुरु गरेको हो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्ने उद्देश्यले सबस्टेशन […]

दरवाङ – बेनी सडकमा पश्चिम म्याग्दी यातायातको जीप सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १९ मंसिर । म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडकमा आइतबारदेखि पश्चिम म्याग्दी यातायात सेवा प्रा.लीले जीप सेवा सुरु गरेको छ । यसअघि म्याग्दी जीप तथा बस व्यवसायी समिति र म्याग्दी ट्याक्सी व्यवसायी समितिले यातायात सुबिधा दिदै आएको सो सडकमा नयाँ व्यवसायी कम्पनी भित्रीएपनि प्रतिस्पर्धा भई यात्रुले भनेको समयमा […]

बेनीमा हुने क्षेत्रीय छनौट खेलको तयारी तिव्र

विकल्प न्यूज/बेनी मंसिर १९ गते । आगामी पुष ८ देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलीबल र कराँते खेलको बेनीमा हुने पश्चिमाञ्चल क्षेत्रीय छनौट खेलको तयारी तिब्र पारिएको छ । यसअघि गत कात्तिक २५ गतेदेखि हुने भनिएको क्षेत्रीय छनौट खेल स्थगित गरेर मंसिर २५ देखि २९ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको हो […]

मगर संघको देउसीभैलोको आयब्यय सार्वजनिक

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ मंसिर । नेपाल मगर संघ म्याग्दीले तिहार पर्वको अवसरमा गरेको देउसीभैलो कार्यक्रमको आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । संघका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षतामा शनिबार बसेको बैठकले आम्दानी खर्च विवरण अनुमोदन गर्दै सार्वजनिक गरेको हो । देउसीभैलोबाट ११ लाख ४६ हजार ४६० रुपैया आम्दानी र दुई लाख ३५ हजार ८५ […]

वेष्ट पोईन्टमा मिनी ओलम्पिक

विकल्प न्यूज/बेनी मंसिर १९ गते । न्यु वेष्ट पोइन्ट आवासीय माविको बृहत खेलकुद महोत्सब समापन भएको छ । मंसिर १४ गते देखि संचालन भएको महोत्सब भब्य समारोह बीच १८ गते शनिबार समापान भएको हो । पाँच दिन सम्म संचालन भएको खेल महोत्सबमा कक्षा ४ देखि बिबिएस सम्मका विद्यार्थी सहभागी थिए । कक्षा १ को भने […]

हिस्तानमा एमालेको गाउँभेला सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर १८ गते । नेकपा एमालेको ४ महिने पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार हिस्तानको औलमा खुल्ला जनसभा तथा गाउँभेला सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि पार्टीका उपाध्यक्ष देवेन्द्र केसीले बर्तमान राजनीतिक अवस्था र संविधान संसोधनका विषयमा भनाइ राख्नुभएको थियो । उहाँले मुलुकलाई अस्थिरता तिर लैजान संविधान संसोधनको नाटक रचिएको बताउनुभयो […]

नगर स्तरीय बाल भेला सम्पन्न

विकल्प न्यूज/बेनी मंसिर १८ गते । बेनी नगरपालिका स्तरिय बाल भेला शनिवार बेनीमा सम्पन्न भएको छ । बेनी नगरपालिका कार्यालयको आयोजनामा भएको भेलामा नगरपालिकाका १४ वडाका ३० जना बालबालिकाको सहभागिता रहेको थियो । भेलामा वडा स्तरीय योजना तर्जुमा गर्दा बालबालिकाले प्रस्ताब गर्न सक्ने सम्भावित योजना निर्माण, योजना छनौट प्रकृयामा बालबालिकाको सहभागिता लगायतको बिषयमा समुहगत छलफल […]

धाइरिङमा कालीगण्डकी कोरिडोर २२० केभी प्रशारण लाइनको विरोध

विकल्प न्यूज/बेनी मंसिर १८ गते । निर्माधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर दुइसय २० केभी क्षमताको प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका छन् । आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित वासिन्दाहरु विरोधमा उत्रिएका हुन ।  आयोजना प्रभावित क्षेत्र अन्तर्गत पर्ने धाइरिङको वाड नं २,३ र ४ का […]

बेनी – दरबाङ सडकमा जीप सेवा सुरु

विकल्प न्यूज/बेनी मंसिर १८ गते । सदरमुकाम बेनीबजार देखि पश्चिम दरबाङ बजार सम्म जीप सेवा सुरु भएको छ । म्याग्दी जीप तथा वस सञ्चालक समितिले बेनी – दरबाङ सडकमा शनिबार देखि जीप सेवा सुरु गरेको हो । पश्चिम भेगका यात्रुहरुको मागलाई मध्यनजर गरेर समितिले जीप सेवार सुरु गरेको म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव […]

प्रेरणादायी लेखहरु समेटीएको “प्रेरक गुरु” पुस्तकको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ मंसिर । सकारात्मक सोचको विकास र जिवन उपयोगी प्रेरणादायी लेख तथा निबन्धहरु समेटीएको पुस्तक “प्रेरक गुरु”को शुक्रबार बेनीमा बिमोचन गरिएको छ । आत्म जागरण अभियान हेलसिन्की फिनल्याड प्रकाशक रहेको सो पुस्तकका लागि सर्वोकृष्ट उत्कृष्ट निबन्ध लेख्ने पत्रकार अश्विनी कोइरालालाई पुस्तक बिमोचनका अवसरमा नगद पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ […]

मुटुरोगी बालीका बचाउ अभियान सुरु

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ मंसिर । म्याग्दीको एक मुटुरोगी बालीकाको उपचारका लागि आर्थिक स्रोत जुटाउन अभियान सुरु भएको छ ।बेनी नगरपालिका २ रत्नेचौरकी ७ वर्षिया अरनीमा नेपालीको उपचारका लागि परोपकारी संस्था ओमकुमारी शान्ति कोषले अभियान सुरु गरेको हो । ज्ञानपुञ्ज प्राबिमा कक्षा ३ मा पढ्ने नेपालीको मुटुमा प्वाल परेको गत कात्तिकमा पहिचान भएको थियो […]