बेनीमा हुने क्षेत्रीय छनौट खेलको तयारी तिव्र

विकल्प न्यूज/बेनी
मंसिर १९ गते ।
आगामी पुष ८ देखि १५ गतेसम्म पुर्वाञ्चलमा हुने सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको भलीबल र कराँते खेलको बेनीमा हुने पश्चिमाञ्चल क्षेत्रीय छनौट खेलको तयारी तिब्र पारिएको छ ।

यसअघि गत कात्तिक २५ गतेदेखि हुने भनिएको क्षेत्रीय छनौट खेल स्थगित गरेर मंसिर २५ देखि २९ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको हो । छनौट खेल सफल बनाउनका लागि जिल्ला खेलकुद विकास समिति, म्याग्दीले आवश्यक तयारी गरिरहेको अध्यक्ष कृष्ण कुमार विश्वकर्माले बताउनुभयो । dsc03074आइतबार पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष विश्वकर्माले खेलकुद महोत्सवका रुपमा सफल पार्न म्याग्दीवासीलाई आग्रह गर्नुभएको छ । उहाँले खेलकुद प्रतियोगिताले जिल्लाको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने भएकाले भव्यरुपमा सफल बनाउन समितिले कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

१६ वटा जिल्लाका खेलाडीहरुले सहभागिता जनाउने छनौट प्रतियोगिता सफल र व्यवस्थित बनाउन १० वटा उपसमिति गठन गरेर तयारी तिब्र पारिएको समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने प्रतियोगिता अवलोकनका लागि प्रतिव्यक्ति तिस रुपैयाँका दरले टिकट बिक्री गरिने भएको छ । यसैगरी १५० वटा तिन हजार रुपैयाँ दरका बिशेष टिकट बिक्री गर्ने लक्ष्य रहेको समितिले जनाएको छ ।

तिस रुपैयाँको टिकट बिक्रीबाट हुने पन्ध्र प्रतिशत आम्दानी धौलागिरी मावि, बालजागृती प्राबि र ज्ञानोदय माविको स्रोत कक्षालाई पाँच, पाँच प्रतिशतका दरले सहयोग गरिने अध्यक्ष विश्वकर्माले बताउनुभयो । dsc03083पत्रकार भेटघाट कार्यक्रममा पश्चिमाञ्चल क्षत्रीय सदस्य तथा धौलागिरि इन्चार्ज सम्पन्न श्रेष्ठले खेलकुद प्रतियोगितालाई सफल बनाउन सवैले सहयोग गर्नुपर्ने बताउनुभयो । यसै गरि पोखरामा हुने फुटबल,एथलेक्टीक्स,टेबुलटेनिस र बास्केटबलको छनौट प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई आजै विदाई गरिएको छ । कार्यक्रमा पत्रकार महासंघका अध्यक्ष सुरत केसी लगायत पत्रकार र खेलाडीहरुको उपस्थिति रहेको थियो ।