दानामा सब स्टेशन निर्माण सुरु

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १९ म्याग्दी ।
म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत सब स्टेशन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत प्राधिरणले कालीगण्डकी प्रशारण कोरीडोर आयोजना अन्तरगत दानामा सब स्टेशन निर्माण सुरु गरेको हो ।

म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण सुरु गरिएको आयोजनाले जनाएको छ । सबस्टेशन निर्माणका लागि ठेकेदार कार्यक्षेत्रमा परिचालीत भएर प्रारम्भिक चरणको काम सुरु गरेको आयोजनाका ईञ्जिनियर यादव न्यौपानेले जानकारी दिनुभयो ।  dana-sub-station-2सबस्टेशनले दानामा स्थानीयबासीको एक सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । थप पचास रोपनी सरकारी जग्गा प्रयोग हुनेछ् । आयोजना र ठेकेदार कम्पनी टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सबस्टेशन तथा ३८ किलोमिटर दुरीको प्रशारण लाईन निर्माणका लागि ३० मे २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

खुर्कोटमा १५६ रोपनी जग्गा अधिग्रहण गरेर सबस्टेशन बनाउनका लागि पुर्वाधार तयार पार्ने काम भैरहेको छ । बि.स २०७५ को साउनमा सबस्टेशन र प्रशारण लाईन निर्माण गर्ने लक्ष्य रहेको छ । प्रशारण लाईनको टावर राख्ने ठाउँको लागि सर्वेक्षणको काम अन्तिम चरणमा पुगेको छ । दाना देखि खुर्कोटसम्म ११० वटा टावर रहनेछन् । यो लाईनको क्षमत्ता एक हजार दुई सय मेघावाट रहेको छ ।danaआयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माधाधिन जलविद्युत आयोजनाबाट उत्पादीत विद्युत केन्द्रिय प्रशारण लाईनमा जोडिने छन् । १४ मेघावाट क्षमत्ताको थापाखोला, पाँच मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधिन अवस्थामा छन भने ४० मेघावाटको राहुघाट लगायत दर्जनौ आयोजना निर्माणको चरणमा छन् ।

नवलपरासीको बर्दघाटदेखि म्याग्दीको दानासम्मको १४२ किलोमिटर प्रशारण लाईन निर्माण गर्ने लक्ष्य अनुसार कुश्मादेखि बर्दघाटतर्फ पनि सर्वेक्षणको काम भैरहेको छ । कालीगण्डकी प्रशारण कोरीडोर आयोजनाले कालीगण्डकी र सहायक नदीहरुमा जलविद्युत विकासमा महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।