हिस्तानमा एमालेको गाउँभेला सम्पन्न

विकल्प न्यूज/बेनी
मंसिर १८ गते । नेकपा एमालेको ४ महिने पार्टी सुदृढीकरण तथा जनपरिचालन अभियान अन्तर्गत शनिबार हिस्तानको औलमा खुल्ला जनसभा तथा गाउँभेला सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथि पार्टीका उपाध्यक्ष देवेन्द्र केसीले बर्तमान राजनीतिक अवस्था र संविधान संसोधनका विषयमा भनाइ राख्नुभएको थियो । umlउहाँले मुलुकलाई अस्थिरता तिर लैजान संविधान संसोधनको नाटक रचिएको बताउनुभयो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले संविधान कार्यान्वयनका लागि तत्काल स्थानीय निकायको निर्वाचन हुनुपर्नेमा जोड दिनुभएको थियो ।
भेलामा सचिब बालकृष्ण सुबेदी र प्रस्ताबित अन्नपुर्ण गाउंपालिकाको अभियान प्रमुख सन्तोष रावलले मनतव्य राख्नुभएको थियो ।
भेलाबाट मनबहादुर पुनको अध्यक्षतामा नयाँ गाउँ कमिटी गठन गरेको छ । जस अनुसार उपाध्यक्षमा चन्द्रबहादुर पुन, सचिवमा डिल प्रसाद फगामी उपसचिब हर्कबहादुर पुर्जा रहेको १३ सदस्यिय गाउं संगठन कमिटी गठन भएको छ ।