नगर स्तरीय बाल भेला सम्पन्न

विकल्प न्यूज/बेनी
मंसिर १८ गते ।
बेनी नगरपालिका स्तरिय बाल भेला शनिवार बेनीमा सम्पन्न भएको छ । बेनी नगरपालिका कार्यालयको आयोजनामा भएको भेलामा नगरपालिकाका १४ वडाका ३० जना बालबालिकाको सहभागिता रहेको थियो । भेलामा वडा स्तरीय योजना तर्जुमा गर्दा बालबालिकाले प्रस्ताब गर्न सक्ने सम्भावित योजना निर्माण, योजना छनौट प्रकृयामा बालबालिकाको सहभागिता लगायतको बिषयमा समुहगत छलफल गरिएको थियो ।

????????????????????????????????????