वेष्ट पोईन्टमा मिनी ओलम्पिक

विकल्प न्यूज/बेनी
मंसिर १९ गते ।
न्यु वेष्ट पोइन्ट आवासीय माविको बृहत खेलकुद महोत्सब समापन भएको छ । मंसिर १४ गते देखि संचालन भएको महोत्सब भब्य समारोह बीच १८ गते शनिबार समापान भएको हो । पाँच दिन सम्म संचालन भएको खेल महोत्सबमा कक्षा ४ देखि बिबिएस सम्मका विद्यार्थी सहभागी थिए । कक्षा १ को भने आन्तरिक रुपमा छुट्टै प्रतिस्पर्धा गराइएको थियो । फिल्ड र ट्रयाक विधा मध्ये ट्रयाक विधा अन्तिम दिन समापान समारोहमा प्रस्तुत गरिएको हो । c3 समापन समारोहमा बोल्दै प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारि रामकुमार श्रेष्ठले खेलकुदले सिकाइ र व्यक्तिको ब्यबहार संग प्रतक्ष सम्बन्ध राख्ने हँुदा यस्ता क्रियाकलापले विद्यार्थीको क्षमताको पहिचान र बिकास गर्न सघाउने कुरा मा जोड दिनु भयो । उहाँले यस्ता प्रकारका अतिरिक्त क्रियाकलापमा संस्थागत विद्यालय अगाडी रहेको समेत बताउनु भयो।

अंक पद्दतिबाट अक्षर पद्दतिमा बदलिएको परिक्षा प्राणीले प्रतिस्पर्धा भन्दा पनि क्षमता अविबृद्दि गर्ने हुदा पढाईका साथै व्यक्तित्व विकासका लागि खेलकुद पनि एक विकल्प भएको बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिले मार्च्पासको सलामी ग्रहण र मसाल प्रज्वलन गर्नु भएको थियो । ट्रयाक तर्फका खेल शुरु हुनुपुर्ब बिद्यार्थीहरुद्धारा मार्च पास, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका खेलाडीद्धारा मशाल दौड र अन्ततः प्रमुख अतिथि श्रेष्ठले मसाल प्रज्वलन गर्नु भएको थियो । मन्तब्यकै क्रममा उहाँले आफुले ओलिम्पिकको महस गरेको बताउदै यसलाई मिनी ओलिम्पिक समेत भएको बताउनु भयो । c2त्यसै गरि उद्योग बाणिज्य संघ म्याग्दीका अध्यक्ष जिबन कुमार बिस्वकर्माले म्याग्दीको खेलको इतिहासमा वेष्ट पोइन्टको अलग्गै पहिचान भएको र यसले निरन्तरता पाईरहनु नै यसको सफलता भएको बताउनु भयो । शिक्षक अभिभाक संघका अध्यक्ष दिल कुमार श्रेष्ठले सिदान्त अधिकारी जस्ता अन्तरास्ट्रिय खेलाडी यहि माटोले जन्माएको र अहिले पनि वेस्ट पोइन्टको माटोले जन्माएका थुप्रै खेलाडीले राष्ट्रिय प्रतियोगितामा सहभागी भएको अबस्थामा खेल शिक्षक दिपेन राइ र सिंगो विद्यालयलाई धन्यबाद दिनु भयो ।

कार्यक्रममा नव आगन्तुक जिल्ला शिक्षा अधिकारीलाई स्वागत गर्दै वेस्ट पोइन्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष शिब कुमार श्रेष्ठले मायाको चिनो समेत प्रदान गर्नु भयो । वेस्ट पोइन्ट मंतेस्वरी, प्रिप्राइमारी, वेस्ट पोइन्ट कराते र तेक्वान्दो डोजांगले समेत आकर्षक प्रदर्शनी गरेका थिए । वेस्ट पोइन्ट एजुकेशनका अध्यक्ष शिवकुमार श्रेष्ठको सभापतित्व प्राचार्य गंगाप्रसाद खतिवडाको स्वागत मन्तब्य, छात्रा दिक्षा जिसीकोे शुभकामना मन्तब्य र शिक्षक कृष्ण जिसीको संचालनमा कार्यक्रम सपन्न भएको थियो ।