दरवाङ – बेनी सडकमा पश्चिम म्याग्दी यातायातको जीप सेवा सुरु

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ १९ मंसिर ।
म्याग्दीको पश्चिमी क्षेत्रका बस्तीलाई सदरमुकामसंग जोड्ने बेनी दरवाङ सडकमा आइतबारदेखि पश्चिम म्याग्दी यातायात सेवा प्रा.लीले जीप सेवा सुरु गरेको छ ।

यसअघि म्याग्दी जीप तथा बस व्यवसायी समिति र म्याग्दी ट्याक्सी व्यवसायी समितिले यातायात सुबिधा दिदै आएको सो सडकमा नयाँ व्यवसायी कम्पनी भित्रीएपनि प्रतिस्पर्धा भई यात्रुले भनेको समयमा चाहेको सवारी साधन चढ्न पाउने अपेक्षा गरिएको छ ।dsc07915 तिन करोड पचास लाख रुपैयाँ लगानीमा स्थापना भएको पश्चिम म्याग्दी यातायात सेवा प्रा.लीले सुरु गरेको जिप सेवाको कम्पनीका सल्लाहकार मुक्ती रोकाले दरवाङमा उद्घाटन गर्नुभएको थियो । हाल तिन वटा जिपबाट सेवा सुरु गरेको प्रा.लीले छिट्टै थप सात वटा जीप ल्याउने तयारी गरेको जनाएको छ ।

बेनी दरवाङ सडकमा प्रतियात्रु तिन सय रुपैयाँ भाडा तोकिएको छ । यातायात व्यवसायीहरुबीच प्रतिस्पर्धा हुन थालेपछि घण्टौ सम्म गाडी कुर्नुपर्ने तथा असहज यात्रा गर्नुपर्ने समस्या हट्ने स्थानीय बासिन्दाले अपेक्षा गरेका छन् ।dsc07904जीप सेवा उद्घाटन कार्यक्रममा सल्लाहकार रोका, संरक्षक तमबहादुर थापा, जनप्रिय माविका प्रअ दिवाकर सुवेदी, मगर संघ दरवाङका अध्यक्ष लेकबहादुर पुन, प्रभु बैङ्क दरवाङ शाखा प्रबन्धक जागृत पुन, नेपाली काँग्रेस दरवाङका सभापति शिवनारायण फगामीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

प्रा.लीका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता, बिक्रम बोगटीको सञ्चालन र सदस्य अनील रोकाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । प्रालीका अध्यक्ष रोकाले पुराना ब्यवसायीको अबरोधको बावजुद पनि संघर्षका साथ एकाधिकार तोडेर सुरु गरेको सेवा जिल्लाका अन्य सडकमा पनि विस्तार गर्ने बताउनुभयो ।

पोखराबाट दरवाङ लैजानका लागि ल्याइएको सो प्रा.लीको दुई वटा जीप शुक्रबार राती पर्वत बेनीमा तोडफोड भएको थियो । अध्यक्ष रोकाले स्वच्छ प्रतिस्पर्धा र यात्रुलाई मर्यादीत ब्यवहार तथा सहज रुपमा सेवा दिने प्रतिवद्धता जनाउनुभयो ।

थप बिस वटा जीप ल्याएर बेनीदेखि कुहुँ, बरंजा तथा दरवाङबाट लामेला तमान, देविस्थान, निस्कोट, रुम, मराङ र बिम जोड्ने सडकमा पनि सेवा दिने प्रालीले जनाएको छ । यो कम्पनीले यातायात ब्यवस्था कार्यालयबाट धौलागिरी क्षेत्रका सडकमा सेवा दिन अनुमती पाएको छ ।