दरवाङ बचतको अध्यक्षमा शर्मा

सन्तोष गौतम/विकल्प न्यूज
दरवाङ १९ मंसिर ।

दरवाङ बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशनबाट सुरेन्द्रराज शर्माको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्वाचित भएको छ ।

समितिको उपाध्यक्षमा कमलनाथ शर्मा, सचिवमा बालकृष्ण शर्मा, कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य र सहसचिवमा रघुनाथ न्यौपाने रहनुभएको छ । समितिको सदस्यहरुमा दुर्गाप्रसाद बुढा, जगबहादुर किसान, हरिकला थापा, ठाकुर पौडेल, खुमबहादुर थापा, गंगाकुमारी घर्ती रहनुभएको छ ।15310267_1317411598303359_1576665166_n1 निवर्तमान अध्यक्ष मोतिराज गौतमको सभापतित्वमा सल्लाहकार, गिरीप्रसाद छन्त्यालको संयोजकत्वमा लेखा, कमलनाथ शर्माको संयोजकत्वमा ऋण, जगबहादुर किसानको संयोजकत्वमा शिक्षा र खिमबहादुर पनुको संयोजकत्वमा सामाजिक कार्य परिचालन उपसमिति गठन भएको छ ।15280939_1317410968303422_1529553742_nजिल्ला सहकारी संघका अध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यता र ऋण तथा बचत सहकारी संघका अध्यक्ष अमृता भण्डारीको बिशिष्ट आतिथ्यतामा शनिबार अधिवेशन सम्पन्न भएको थियो ।
१६२ जना सेयर सदस्यको एक करोड ५१ लख २७ हजार तिन सय रुपैयाँ सेयर पुँजी रहेको संस्थाले गत आर्थिक वर्षमा १५ करोड ६८ लाख २५ हजार ८७० रुपैयाँ बचत, १३ करोड ५४ लाख ४३ हजार ३६२ रुपैयाँ लगानी र ४३ लाख ७४ हजार २०४ रुपैयाँ खुद मुनाफा गरेको प्रबन्धक रेकबहादुर घर्तीले जानकारी दिनुभयो ।