बेनी – दरबाङ सडकमा जीप सेवा सुरु

विकल्प न्यूज/बेनी
मंसिर १८ गते ।
सदरमुकाम बेनीबजार देखि पश्चिम दरबाङ बजार सम्म जीप सेवा सुरु भएको छ । म्याग्दी जीप तथा वस सञ्चालक समितिले बेनी – दरबाङ सडकमा शनिबार देखि जीप सेवा सुरु गरेको हो । myagdi-jip-sewaपश्चिम भेगका यात्रुहरुको मागलाई मध्यनजर गरेर समितिले जीप सेवार सुरु गरेको म्याग्दी जीप तथा बस सञ्चालक समितिका सचिव सुमन श्रेष्ठले बताउनुभयो । पहिलो चरणमा ५ वटा जीपबाट सेवा सुरु गरिने र दोस्रो चरणमा २० वटा सम्म जीप सञ्चालन हुने सचिव श्रेष्ठले बताउनुभयो । dsc03059 समितिको कार्यालयमा शनिबार विहान भएको पत्रकार भेटघाट कार्यक्रममा समितिका कोषाध्यक्ष लालवहादुर थापाले बेनी दरवाङ सम्मका लागि प्रतियात्रु दुइसय पचास रुपियाँ भाडादर कायम गरिएको जानकारी दिनुभयो । उहाँले यात्रुहरुलाई सुविधा दिनका लागि समितिले जीप सेवा सुरु गर्नुपरेको जानकारी दिनुभयो । अहिले समिति अन्तर्गत एक सय ४२ वटा वसहरु जिल्लाभर सञ्चालनमा छन् ।

यसै गरि आइतबारबाट पश्चिम म्याग्दी यातायात सेवा प्रा.लिले पनि बेनी दरबाङ सडकमा जीप सेवा सुरु गर्न लागेको छ ।