धाइरिङमा कालीगण्डकी कोरिडोर २२० केभी प्रशारण लाइनको विरोध

विकल्प न्यूज/बेनी
मंसिर १८ गते ।
निर्माधिन अवस्थामा रहेको कालीगण्डकी करिडोर दुइसय २० केभी क्षमताको प्रशारण लाइनको पर्वत धाइरिङका स्थानीयवासीहरुले विरोध गरेका छन् । आयोजनाको धाइरिङ खण्ड अन्तर्गत पर्ने सल्यानको फाँटबाट प्रसारण लाइन विस्तार गर्न नहुँने भन्दै प्रभावित वासिन्दाहरु विरोधमा उत्रिएका हुन ।  dhairing-kridoor-birdआयोजना प्रभावित क्षेत्र अन्तर्गत पर्ने धाइरिङको वाड नं २,३ र ४ का स्थानीयवासीहरुले बस्ति नजिकको खेतियोग्य जमिनबाट लाइन विस्तार गर्न नहुँने भन्दै विरोध गरेका छन् । आयोजनाले सल्यानको ठूलो भिरबाट गरेको सर्वेलाई परिवर्तन गरि फाँटबाट लैजान खोज्दा स्थानीयवासीहरु यतिखेर चर्को विरोध उत्रिएका हुन ।
फाँटबाट प्रसारण लाइन विस्तार गर्दाे खतियोग्य जमिनमा असर पु¥याउने भएकाले यसको विकल्प खोज्न प्रभावित स्थानीयवासीहरुले आयोजना समक्ष माग गरेका छन् । शनिबार सल्यानको फाँटमा भएको स्थानीयवासीहरुको भेलाले खेतियोग्य जमिनलाई कुनै पनि हालतमा प्रयोग गर्न नदिने निणय भएको संघर्ष समितिका संयोजक टुङगनाथ आचार्यले बताउनुभयो । तरकारीको पकेट क्षेत्र भएको फाँटबाट प्रशारण लाइन विस्तार गर्दा दिर्धकालिन रुपमा ठूलो असर पु¥याउने भएकाले आफूहरु विरोधमा उत्रिन बाध्य भएको उहाँले बताउनुभयो । dhairing-karidor-birod-3आयोजनाले सल्यानको फाँटमा ३ वटा एंगल टावर बनाउन लागेको हो । टावर सँगै लाइन विस्तार गर्दा लाइनको २५ मिटर वरपरको जमिनमा समेत असर पु¥याउने र बैंक धितोमा उक्त जग्गा राख्न र खरिद विक्रि गर्न रोक्का हुने भएकाले आफूहरुले विरोध गर्नुपरेको स्थानीयवासी हरिप्रसाद आचार्यले बताउनुभयो ।
यसै गरि शनिबार आयोजनाका कर्मचारीहरु र स्थानीयवासीहरुको छलफलबाट गाविस सचिव मोहदत्त पौडेलको संयोजकत्वमा ११ सदस्यीय समस्या समाधान कार्यदल गठन गरिएको कार्यदलका सदस्य शेरवहादुर केसीले बताउनुभयो ।

आयोजना प्रमुख चन्दनकुमार घोषले स्थानीयवासीहरुको मागलाई आयोजनाले गम्भिर रुपमा लिएको बताउनुभएको छ । उहाँले प्रशारण लाइनबाट प्रभावित स्थानीयवासीहरुलाई नियमनुसार मुआब्जा दिने बताउनुभयो । उहाँले राष्ट्रिय गौरबको आयोजना भएकाले समस्याको समाधान छिटो निकाल्नुपर्ने बताउनुभयो ।
आयोजनाले निर्माण थालेको प्रसारण करिडोरको पर्वतको खुर्कोटदेखि म्याग्दीको दाना खण्ड ४० किमि लामो हुनेछ । विद्युत् प्रसारण लाइनका साथै सबस्टेसन निर्माणका लागि २ अर्ब ६० करोड खर्च हुने आयोजनाका प्रमुख घोषले जानकारी दिनुभयो । एसियाली विकास बैंकको सहयोगमा कालीगण्डकी प्रसारण करिडोर आयोजनाको निर्माण हुन लागेको हो ।

आयोजनाको खुर्कोट–दाना प्रसारण लाइन तथा खुर्कोट र दाना सबस्टेसनको कामको ठेक्का भारतीय कम्पनी टाटा प्रोजेक्ट एन्ड चिन्ट इलेक्ट्रिक जेभीले लिएको छ ।
वि.सं २०७५ साउनमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । खुर्कोटदेखि दानासम्म ५३ वटा एगंल टावर रहने छन् । मुस्ताङमा निर्माणाधीन अवस्थामा रहेको १० मेगावाट क्षमताको थापाखोला, ५ मेघावाटको घलेम्दीखोला, ४२ मेघावाटको मिस्त्रीखोला निर्माणाधीन अवस्थामा छन् भने ४० मेघावाटको राहुघाटलगायत दर्जनौँ आयोजना निर्माणको चरणमा छन् । कालीगण्डकी प्रसारण करिडोर आयोजनाले कालीगण्डकी र सहायक नदीमा जलविद्युत् विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।