प्रेरणादायी लेखहरु समेटीएको “प्रेरक गुरु” पुस्तकको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १७ मंसिर ।
सकारात्मक सोचको विकास र जिवन उपयोगी प्रेरणादायी लेख तथा निबन्धहरु समेटीएको पुस्तक “प्रेरक गुरु”को शुक्रबार बेनीमा बिमोचन गरिएको छ ।

आत्म जागरण अभियान हेलसिन्की फिनल्याड प्रकाशक रहेको सो पुस्तकका लागि सर्वोकृष्ट उत्कृष्ट निबन्ध लेख्ने पत्रकार अश्विनी कोइरालालाई पुस्तक बिमोचनका अवसरमा नगद पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

फिनल्याडमा रहनुभएका म्याग्दी रत्नेचौरका निराजन थापा, लक्ष्मीप्रसाद थेवे र बिनोद पन्तको पहलमा सामाजिक सञ्जाल र इन्टरनेटको माध्यमबाट लेख तथा निबन्धहरु संकलन गरेर पुस्तक प्रकाशन गरिएको हो । पुस्तक प्रकाशनका लागि नेपाल भित्र र प्रवासमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । dsc07809सो पुस्तकका लागि २५ वटा लेखहरु प्राप्त भएको थियो । उत्कृष्ट ठहरीएका ९ वटा समावेश गरेर प्रकाशन गरिएको पुस्तक म्याग्दीका अग्रज साहित्यकार रामप्रसाद सुवेदी र मूल्याङकनकर्ता समेत रहनुभएका पत्रकार धु्रबसागर शर्माले संयुक्त रुपमा बिमोचन गर्नुभएको हो ।
कान्तिपुर पब्लिकेशन अन्तरगतको साप्ताहिक पत्रिकाका बरिष्ठ सम्बाददाता रहेका कोइरालाले लेखेको अध्याँरा गल्लीहरुबाट शिर्षकको निबन्धलाई सर्वोउत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको आत्म जागरण अभियन्ता निराजन थापाले बताउनुभयो ।dsc07822जुर्गवर्क क्याफे र उनी उपन्यासको लेखक समेत रहनुभएका पत्रकार कोइरालालाई कार्यक्रमका अध्यक्ष चन्द्रकुमार केसीले पुरस्कार प्रदान गर्नुभएको थियो । सो पुस्तकमा मिनराज बसन्त, चन्द्रा थापा (चन्द्रिका), कस्तुप गैरे, गणेश कार्की, गणेश गौतम, कपिल अर्याल, सिता रायमाझी र यसोदा  अर्यालको लेख समावेश गरिएको छ ।
बिमोचन तथा पुरस्कार वितरण कार्यक्रममा महिला तथा बालबालीका कार्यालय म्याग्दीका प्रमुख निर्मला शर्मा, विद्यार्थी नेता प्रकाश पौडेलले प्रेरणादायी बिचार व्यक्त गर्नुभएको थियो । यसैगरी लेखकद्धय कोईराला र मिनराज बसन्तले आफ्नो अनुभव व्यक्त गर्नुका साथै सहभागीसंग अन्तरक्रिया गर्नुभएको थियो ।