समाचार

म्याग्दी क्याम्पसको शूल्क वृद्धि निर्णय कार्यान्वयन नगर्ने सहमती

सन्तोष गौतम/विकल्प न्यूज बेनी, १९ पुस । म्याग्दी बहुमुखी क्याम्पसमा तिन महिनाअघि गरिएको मासिक शूल्क बढाउने निर्णय स्थगित भएको छ । क्याम्पस सञ्चालक समितिको गत असोज १२ गते बसेको बैठकले स्नातक तहमा मासिक शूल्क ६२५ बाट बढाउने निर्णय गरेको थियो । समितिले क्याम्पसका प्रध्यापक कर्मचारीहरुको तलब सुबिधासंगै विद्यार्थीको मासिक शूल्क वृद्धी गर्ने निर्णय गरेपछि अनेरास्ववीयुको […]

नवविकल्पका सम्पादक गौतमलाई क्षिक्षा पत्रकारिता पुरस्कार प्रदान

विकल्प न्यूज/काठमाडौ पुस १९ गते । नवविकल्प साप्ताहिकका कार्यकारी सम्पादक  सन्तोष गौतम शिक्षा पत्रकारिता लेखनवृत्ती २०७२ बाट पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा बिभागले मंगलबार काठमाडौमा आयोजित समारोहमा गौतमलाई पश्चिमाञ्चल क्षेत्रबाट लेखनवृत्ती पुरस्कार प्रदान गरिएको हो । पन्ध्र हजार रुपैयाँ राशीको क्षेत्रीय लेखनवृत्ती गौतम सहित अर्घाखाँचीका बिरेन्द्र केसी र रुपन्देहीका जर्नादन पोख्रेललाई […]

साढे तेह् मेट्रिक्टन सुन्तला निकासी

सन्तोष गौतम/विकल्प न्यूज बेनी, पुष १९ गते । म्याग्दीको बरंजाको तिन वटा वडाबाट साढे तेह् मेट्रिक्टन सुन्तला निकासी भएको छ । बरंजाको ३, ४ र ९ नम्बर वडाबाट तेह् हजार ४५६ केजी सुन्तला पोखराको बजारमा निकासी भएको हो । ब्यापारी गाउँमै आएर सुन्तला खरिद गरेर लगेका बरंजा ४ का अगुवा कृषक कृष्णलाल सापकोटाले जानकारी दिनुभयो […]

निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी लाभान्वित

सन्तोष गौतम/विकल्प न्यूज मुना १८ पुष । म्याग्दीको दुर्गम क्षेत्रमा सञ्चालीत निशूल्क स्वास्थ्य शिवीरबाट तिन हजार जना भन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।म्याग्दी सामुदायिक विकास परियोजना लागू भएको गुर्जा, लुलाङ, मुना, मुदी र मराङ गाविसमा चार दिनसम्म सञ्चालन भएको शिवीरबाट तिन हजार दुई सय जनाले गाउँमै स्वास्थ्य सेवा पाएका हुन् । गुड नेवर्स ईन्टरनेशनलको […]

जिशिका पर्वतका कर्मचारीका कारण विथोलियो अभिभावक भेला

विकल्प न्यूज/पर्वत पुस १८ गते । पर्वतको धाइरिङ ४ सल्यानमा रहेको श्री फर्से धाइरिङ माध्यमिक विद्यालयको अभिभावक भेला जिल्ला शिक्षा कार्यालय पर्वतबाट खटिएका कर्मचारीका कारण विथोलिएको छ । शिक्षा ऐन २०२८ को आठौं संशोधन बमोजिम विद्यालयको व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गर्न आइतवार अभिभावक सहितको सर्वपक्षिय भेलाले ढाकिएको थियो ।विद्यालयमा व्यवस्थापन समिति गठन […]

शूल्क वृद्धीको निर्णय फिर्ता लिन माग गर्दै अनेरास्ववीयु धर्नामा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, १७ पुष । म्याग्दी बहुमुखी क्याम्पसको मासिक शुल्क बृद्धी गर्ने निर्णय फिर्ता गर्नुपर्ने माग गर्दै एमाले निकट अनेरास्ववीयुका कार्यकर्ताहरु आईतबार क्याम्पसको मुख्य प्रवेशद्धारमा धर्ना बसेका छन् । क्याम्पस सञ्चालक समितिको २०७३ असोज १३ गते बसेको बैठकले स्नातक तहमा मासिक शुल्क ६७५ बाट बढाएर प्रथम वर्षमा आठ सय, दोस्रो वर्षमा नौ सय, […]

मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात

सन्तोष गौतम/विकल्प न्यूज बेनी १७ पुष । आईतबार दिउँसोदेखि भएको बर्षासंगै मुस्ताङ र म्याग्दीको लेकाली क्षेत्रमा हिमपात भएको छ । मुस्ताङको सबै क्षेत्र र म्याग्दीको घोडेपानी लगायतका उच्च पहाडी क्षेत्रका बस्तीहरुमा हिमपात भएको हो । वर्षा र हिमपातसंगै चिसो बढेपछि जनजिवन प्रभावित भएको छ । मुस्ताङको लेते, कुञ्जो, कोवाङ, टुकुचे, मार्फा, जोमसोम, मुक्तिनाथ, कागबेनी लगायत […]

म्याग्दी जेसीजको अध्यक्षमा बराल

विकल्प न्यूज/बेनी पुस १७ गते । म्याग्दी जेसीजको शाखा अध्यक्षमा नारायणकुमार बराल निर्वाचित हुनुभएको छ । शनिबार राती बेनीमा सम्पन्न शाखाको १८ औँ बार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट सन २०१७ का लागि बराल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अधिबेशनबाट कार्यकारिणी उपाध्यक्षमा सुशील थकाली र सैलेश श्रेष्ठ, उपाध्यक्षहरुमा कमल खत्री, सुजन बरुवाल, भुपेन […]

दरवाङको गाउँ परिषद् सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १७ पुस । म्याग्दीको दरवाङ गाविसको २५ औ गाउँ परिषद् शनिबार सम्पन्न भएको छ । दरवाङमा आयोजित कार्यक्रममा गाविस सचिव सोमबहादुर खत्रीले चालु आर्थिक वर्ष २०७३७४ को पुँजीगत तर्फ ३२ लाख ५५ हजार ५९३ र चालु तर्फको नौ लाख पाँच हजार २ रुपैयाँको बजेट सार्वजनिक गर्नुभयो । सचिव खत्रीले एकिकृत योजना […]

दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा

सन्तोष गौतम/विकल्प न्यूज दरवाङ १६ पुस । म्याग्दीको दरवाङलाई साक्षर र सबै घरधुरी सहकारीमा आवद्ध भएको गाविस घोषणा गरिएको छ । न्यु दरवाङ महिला बचत तथा ऋण सहकारी संस्थाको चौथो साधारणसभाको अवसरमा शनिबार सबै घरधुरी सहकारीमा आवद्ध भएको र शुक्रबार जनप्रिय माविको ६५ औ वार्षिक उत्सवमा साक्षर गाविस घोषणा गरिएको हो । दरवाङ गाविसमा बसोबास […]

भगवती र पात्लेखेतको गाउँ परिषद्

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीको भगवती र पात्लेखेत गाविसको २५ औ गाउँ परिषद् शुक्रबार सम्पन्न भएको छ । पात्लेखेतको गाउँ परिषद्मा प्रमुख अतिथि स्थानीय विकास अधिकारी प्रेमराज गिरीले विकासका लागि योजना निर्माण र छनौट प्रक्रियासंगै कार्यान्वयनमा जनसहभागिता जुटाउनुपर्नेमा जोड दिनुभयो । पात्लेखेतको गाउँ परिषद्ले चालु आर्थिक वर्षका लागि विभिन्न शिर्षकमा ३६ लाख […]

माओबादी केन्द्रको अभियानः “आयो माओवादी घरघरमा”

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुस । नेकपा माओवादी केन्द्र म्याग्दीले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । नेकपा माओवादी केन्द्रको जिल्ला सम्मेलन आयोजक समितिको शुक्रबार बेनीमा सम्पन्न बैठक एवं प्रशिक्षक कार्यक्रमले तिन महिने संगठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।“आयो माओवादी घरघरमा” अभियान अन्तरगत जभेटघाट, प्रशिक्षण, सदस्यता वितरण, नविकरण […]

घाइतेलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी पुस १५ गते । अमेरीकामा दुर्घटनामा परेर घाईते भएका एक म्याग्देलीलाई त्यहाँ रहेको म्याग्दी समाजले आर्थिक सहयोग गरेको छ । केही समयअघि सवारी दुर्घटनामा परेर घाईते भएका ज्यामरुककोट बगरफाँटका सुर्य थापा(टिका)लाई समाजले तिन लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।समाजका अध्यक्ष रामप्रकाश भण्डारीको टोलीले अमेरीका स्थित थापाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण […]

“खुसी आँसुले लैदीयो”े म्युजीक भिडीयोको बिमोचन

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुष । म्याग्दीकी नवगायीका बिमला श्रेष्ठको लोक दोहोरी गीत र म्युजीक भिडीयोको शुक्रबार बेनीमा बिमोचन गरिएको छ । प्रथम धौलागिरी लोकतारा शक्ति छिनाल र गायीका श्रेष्ठको स्वर रहेको “खुसी आँसुले लैदीयो”को हातेमालो साहित्य प्रतिष्ठानको आयोजना गरेको कार्यक्रममा अग्रज सर्जक दिपक कार्की बिखर्चीले बिमोचन गर्नुभएको हो । बेनीको क्रियटिभ मिडीया प्रोडक्सनले […]

घलेम्दीको साधारणसभा

सन्तोष गौतम/विकल्प न्यूज बेनी १५ पुस । म्याग्दीका सरोकारवालाहरुले झञ्झटिलो नीतीगत ब्यवस्था र समुदाय स्तरमा हुने अवरोधका कारण जलविद्युतको विकास हुन नसकेको बताएका छन् । घलेम्दी हाइड्रो लिमीटेडको शुक्रबार बेनीमा भएको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा वक्ताहरुले राज्यका निकायको झञ्झटिलो नीति, कर्मचारीको ढिलासुस्ती र विभिन्न बाहनामा समुदाय स्तरमा हुने अवरोध जलविद्युत विकासको चुनौती रहेको बताएका […]