घाइतेलाई आर्थिक सहयोग

विकल्प न्यूज/बेनी
पुस १५ गते ।
अमेरीकामा दुर्घटनामा परेर घाईते भएका एक म्याग्देलीलाई त्यहाँ रहेको म्याग्दी समाजले आर्थिक सहयोग गरेको छ । केही समयअघि सवारी दुर्घटनामा परेर घाईते भएका ज्यामरुककोट बगरफाँटका सुर्य थापा(टिका)लाई समाजले तिन लाख पचास हजार रुपैयाँ सहयोग गरेको हो ।america-help-11समाजका अध्यक्ष रामप्रकाश भण्डारीको टोलीले अमेरीका स्थित थापाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा समाजका उपाध्यक्ष अमर छन्त्याल, महासचिव ईन्द्र थापा क्षेत्री, कोषाध्यक्ष आशा पुन तथा सदस्य खमान छन्त्यालको उपस्थिती रहेको थियो ।