समाचार

समृद्ध गाउँपालिका निर्माणमा अघि बढ्दै अन्नपूर्ण

धु्रबसागर शर्मा /बेनी जेठ २६ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका जनता,जनप्रतिनिधि र कर्मचारीहरुले समृद्ध अन्नपूर्ण गाउँपालिका निर्माणमा साझा प्रतिबद्धता जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाले शुक्रवार ठूलोबगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा उनीहरुले कृषि,पशुपालन,शिक्षा,पर्यटन,यातायात लगाएतको सबै क्षेत्रमा गाउँपालिकालाई समृद्ध बनाउने र गाउँपालिकाको हरेक सकरात्मक अभियानमा सहयोग रहने प्रतिबद्धता जनाएका हुन् । अन्नपूर्ण गाउँपालिका वडा नं १ […]

बृक्षारोपणका नाममा म्याग्दी र पर्वतमा ठगी धन्दा

विकल्प न्यूज/बेनी जेठ २६ गते । जलजला गाउँपालिका ६ सालिजाका एक किसान मरेको टिक विरुवा देखाउँदै । भारतीय कम्पनी शिवशक्ति वायोप्लान्टले म्याग्दी र पर्वतमा वृक्षारोपणका नाममा ठगी धन्दा गरेको खुलसा भएको छ । तराई,भित्री मधेश र चुरे क्षेत्रमा हुने विरुवालाई विभिन्न प्रलोभन देखाएर म्याग्दी र पर्वतका उच्च भूभागमा विरुवा विक्री गरि ठग्ने गरेको गुनासो आएको […]

रितुङ माविमा पुस्तकालय उद्घाटन

विकल्प न्युज /बेनी जेठ २५ गते । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–८, कुईनेमङ्गलेस्थित रितुङ माध्यमिक विद्यालयमा शुक्रबार पुस्तकालय उद्घाटन भएको छ । साविकको जिल्ला शिक्षा कार्यालय म्याग्दीको ६ लाख ५० हजार तथा पुस्तकालय व्यवस्थापन उपसमितिको पहलमा करिब एकलाखसहित कुल सातलाख ४६ हजार रुपैयाँको लागतमा पुस्तकालय स्थापना गरी सञ्चालन गरिएको हो । सोही अवसरमा पुस्तकालय सञ्चालनका लागि […]

दुर्घटनाका पीडित परिवारलाई आर्थिक सहयोग

विकल्प न्युज । बेनी जेठ २५ गते । ट्याक्टर दुर्घटनामा परेर निधन भएका म्याग्दीको मंगला गाउँपालिका–२, भाइबाङका सुस्मिता नेपाली र १ नम्बर वडा पूर्णगाउँका सुशील भण्डारीको परिवारलाई आर्थिक सहयोग भएको छ । सुस्मिता नेपालीको परिवारलाई मंगला गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र मेलमिलापसम्बन्धी तालिमका प्रशिक्षकमार्फत सङ्कलित नगद आठहजार ११५ रुपैयाँ सहयोग गरिएको छ । यसैगरी नेपालीको परिवारलाई […]

दुर्दीमा सत्तरी लाखको लगानीमा भित्रीवन खानेपानी आयोजना निर्माण सम्पन्न

सन्तोष गौतम/ प्रताप बानियाँ दुर्दी २५ जेठ । मंगला गाउँपालीका ४ दुर्दीमा सत्तरी लाख रुपैयाको लागतमा भित्रीवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । गाउँपालीकाद्धारा सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ७० लाख तिन हजार ९९३ रुपैयाको लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।सबैको घरमा […]

डाँडागाउँका दुई महिला डेढ महिनादेखि सम्र्पक बिहीन

सन्तोष गौतम /विकल्प म्याग्दी, २५ जेठ । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको एक घरका २ बुहारी डेढ महिनादेखि सम्र्पकबिहीन छन् ।  डाँडागाउँ स्थित सराक्दी टोलका चिना र ओममायाँ बुढा गत बैवाख २ गतेदेखि सम्पर्कविहिन बनेको उनीहरुका ससुरा लाल बहादुर बुढाले जानकारी दिनुभयो । विहान अबेर सम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्क […]

अनिल गौतमको आयो काँचै छ भोगटे (भिडियो सहित)

विकल्प न्यूज/बेनी जेठ २५ गते । युवा कलाकार अनिल गौतमको काँचै छ भोगटे गीति एल्बम बजारमा आएको छ ।

धार्मिकस्थल रिखार पर्यटकको पर्खाइमा

विकल्प न्यूज/बेनी जेठ २५ गते । सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् । रिखारको महत्व र यहाँको प्राकृतिक सुन्दरताको बारेमा प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक र भक्तजन भित्रन नसकेको […]

गुर्जाली आमाहरुको नमुना काम

विकल्प न्यूज/बेनी जेठ २५ गते । जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो । गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी […]

खाने गास काटेर विद्यालय चलाउँछन गुर्जाली

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज जेठ २५ गते ।  म्याग्दीको विकट गाउँ धौलागिरी गाउँपालिका १ गुर्जाका स्थानीयलाई गाउँमा विद्यालय चलाउन धौधौ छ । गुर्जालीहरुले चन्दा र सहयोग जुटाएर विद्यालय धानेका छन् । विद्यालय धान्नका लागि वार्षीक लाखौं रकम जुटाउनु पर्ने बाध्यता गुर्जालीलाई छ । गाउँमा रहेको जनकल्याण माध्यामिक विद्यालय चलाउने भरपर्दो माध्यम यार्चा गुम्बा पनि हो । […]

दरवाङमा एम्बुलेन्स सेवा सञ्चालनमा आयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ जेठ । चालक र मर्मत अभावमा एक वर्षदेखि प्रयोग बिहीन बनेको नेपाल रेडक्रस सोसाईटी दरवाङ उपशाखाको एम्बुलेन्स सेवा पुन सञ्चालनमा आएको छ । मर्मत र चालकको ब्यवस्था गरेपछि गत वर्षदेखि थन्कीएको एम्बुलेन्स सेवा यसै हप्तादेखि सञ्चालनमा आएको हो । एक लाख ४२ हजार रुपैयाँ खर्च गरेर एम्बुलेन्स मर्मत गरिएको उपशाखाकी […]

देविस्थानको रुन्मामा सडक पुग्यो (फोटो फिचर)

सन्तोष गौतम /विकल्प न्यूज म्याग्दी २५ जेठ ।       सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका […]

लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी बेनी २५ जेठ ।  लायन्स क्लब अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियाँलाई बिहीबार पुरस्कृत गरेको छ । क्लबको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारिताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको हो । क्लबका अध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष […]

दरवाङमा लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण

म्याग्दी २४ जेठ । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार लागु औषध दुब्र्यसनी न्युनीकरण सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा स्तरीय दलित सञ्जालले आयोजना गरेको कार्यक्रममा दलित अगुवा छवी विश्वकर्माले दलित हक अधिकार र मेडिकल अधिकृत कृष्ण कडेलले लागु औषध दुब्र्यसनीको कारण, यसको असर र न्युनीकरणका उपायका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन […]

म्याग्दीमा नसर्ने रोग न्युनीकरणका लागि कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज बेनी २४ जेठ । ६० प्रतिशत नेपालीको मृत्युको कारण बनेको नसर्ने रोग न्युनीकरणका लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कार्यक्रम सुरु गरेको छ । बेनीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लाका सबै स्वास्थ्य संस्थामा नसर्ने रोगको पहिचान र निदानका उपायका विषयमा कार्यक्रम सञ्चालन गर्न लागीएको जानकारी गराइएको हो । स्वास्थ्य संस्थामा नसर्ने रोग पहिचानका लागि […]