लायन्स क्लब अफ बेनी पिस सिटीको नयाँ नेतृत्व चयन

विकल्प न्यूज/बेनी

बेनी २५ जेठ ।  34684653_1992051097534660_1237854568784592896_nलायन्स क्लब अफ बेनी पिस सिटीले म्याग्दीका पत्रकार सन्तोष गौतम र प्रताप बानियाँलाई बिहीबार पुरस्कृत गरेको छ । क्लबको तेस्रो अधिवेशनको अवसरमा आयोजित कार्यक्रममा म्याग्दीको सामाजिक विकास र मानवीय सेवामा पत्रकारिताको माध्यमबाट योगदान गरेकोमा नगद तिन हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको हो । क्लबका अध्यक्ष राजेश शाक्य, कोषाध्यक्ष भोजबहादुर रिजाल, सचिव सन्दिप खत्री लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

गौतम रासस, सगरमाथा टेलिभिजन, कारोबार आर्थिक दैनीक, म्याग्दी काली एफ एम, धौलागिरी टिभी, नवविकल्प साप्ताहीत तथा बानियाँ रुप्से दैनीक, नेपाल समाचारपत्र, नेपाल टेलीभिजन, उज्यालो नाईन्टी नेटवर्क, धौलागिरी टिभी लगायतका सञ्चार माध्यममा आवद्ध हुनुहुन्छ । IMG_4008यसैगरी क्लब को अधिवेशनबाट लोकबहादुर पुन(लोकेश) अध्यक्ष, खमबहादुर थापा प्रथम उपाध्यक्ष, सुवर्ण रिजाल दितृय उपाध्यक्ष, नरेश श्रेष्ठ तितृय उपाध्यक्ष, भोजबहादुर रिजाल सचिव, बिरेन्द्र श्रेष्ठ कोषाध्यक्ष रहनुभएको सन २०१८/१९ का लागि नयाँ कार्यसमिति चयन भएको छ ।
क्लबको अन्य पदाधीकारीहरुमा सन्दिप खत्री, सचिन शाक्य, बामदेव रिजाल, नन्दकुमार पाईजा, दिपक श्रेष्ठ, बिष्णुप्रसाद गौतम, हरिकृष्ण गौतम, सुरेश पुन, मन्दिप शाक्य, अनुमान श्रेष्ठ, शेरबहादुर केसी, बालकृष्ण श्रेष्ठ र निराजन श्रेष्ठ चयन हुनुभएको छ ।
सचिव नरेश श्रेष्ठले कल्व मार्फत बेनपा ६ डम्मरामा बोधिचित्त रोपण गरिएको, बेनपा ४ का गम्बिर सिं नेपालीको आँखाको उपचारका लागि दश हजार आर्थिक सहयोग गरिएको, लभ्लीहिलमा डस्टविन राखिएको, तराईका बाढी पिडितलाई पाँच हजार ५५५ रुपैया आर्थिक सहयोगका साथै राहत वितरण गरिएको लगायतका गतिबिधि जानकारी गराउनुभएको थियो ।
क्लबका अध्यक्ष राजेश शाक्यको अध्यक्षता, सन्दिप खत्रीको सञ्चालन र लोकबहादुर पुनको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष रिजालले एक लाख ९३ हजार ७२७ रुपैया बराबरको आम्दानी खर्च विवरण प्र्रस्तुत गर्नुभएको थियो ।