म्याग्दीमा नसर्ने रोग न्युनीकरणका लागि कार्यक्रम सुरु

सन्तोष गौतम/विकल्प न्यूज
बेनी २४ जेठ । IMG_3920६० प्रतिशत नेपालीको मृत्युको कारण बनेको नसर्ने रोग न्युनीकरणका लागि जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले कार्यक्रम सुरु गरेको छ । बेनीमा बिहीबार आयोजित कार्यक्रममा जिल्लाका सबै स्वास्थ्य संस्थामा नसर्ने रोगको पहिचान र निदानका उपायका विषयमा कार्यक्रम सञ्चालन गर्न लागीएको जानकारी गराइएको हो ।
स्वास्थ्य संस्थामा नसर्ने रोग पहिचानका लागि ल्याब स्थापना गर्ने र बच्नका लागि चेतनामुलक कार्यक्रम गरिने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक भिमप्रसाद आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरणमा म्याग्दीका सबै स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुका लागि शुक्रबारदेखि बेनीमा तिन दिने नसर्ने रोग सम्बन्धि तालीम सुरु भएको छ । रगत, चिनी, पिसाव परिक्षणका लागि ल्याब स्थापना गरिने, मानिसको तौल र उचाई नापेर विश्लेशष गरी सुझाव दिने र तथ्याङक संकलन गरिने आचार्यले बताउनुभयो ।

उच्च रक्तचाप, हृदयघात, मधुमेह, क्यान्सर, मृगौला, मष्तिष्कघात लगायत नसर्ने रोग न्युनीकरणका लागि समुदाय स्तरमा स्वस्थ्य खानपान, सक्रिय जिवनशैली अपनाउन चेतनामुलक कार्यक्रम गरिने भएको छ ।