सन्तोष गौतम /विकल्प न्यूज
म्याग्दी २५ जेठ ।
सडक निर्माण भएपछि रुन्मा गाउँका १७५ घरधुरी लाभान्वित भएका स्थानीय युवा रवीन फगामीले बताउनुभयो । स्थानीयबासीलाई आवत जावत, निर्माण सामाग्री, दैनिक उपभोग्य बस्तु, खाद्यान्न ढुवानी र गाउँमा उत्पादन भएको कृषि तथा पशुजन्य बस्तु निकासीमा सहज भएको छ । रुन्मा गाउँ आलु र सुन्तला खेतीका लागि प्रसिद्ध छ । रुन्मा डाँडाबाट हिमाल र पहाडी भुगोलको दृष्य अवलोकन गर्न पुग्नेहरुको चहलपह बढेको छ ।सडक बनेपछि तिस मिनेटको पैदलयात्रा गर्नुपर्ने बाटो दश मिनेटमा छोटिएको छ । चार देखि छ मिटर फराकीलो सडकमा माईक्रोबस, जिप, ट्याक्टर, मोटरसाईकल सञ्चालन हुने गरेको छ । हालै योजनाको अनुगमन गर्नुभएका मालिका गाउँपालीकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले पालीकाको सहयोग भन्दा तेब्बर बढी स्थानीय स्तरमा सहयोग जुटाएर सडक निर्माण गरेका रुन्माबासीको काम प्रशसनीय भएको बताउनुभयो ।
यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजार देखि देविस्थान हुदै जुक्जा जोड्ने सडक मर्मत गरिएको छ । गाउँपालीकाले बिनियोजन गरेको १९ लाख रुपैयाँ बजेटबाट सडक फराकीलो बनाउने, मोड सुधार, नाली, ग्यावियन पर्खाल निर्माण लगायतका काम गरिएको वडा अध्यक्ष पिपला बुढाथोकीले बताउनुभयो । सडकलाई स्तरोन्नती गरेर बाह्ै महिना नियमित सवारी सञ्चालन गर्न प्राथमिकता दिएको उहाँले बताउनुभयो । तस्विर रविन फगामी रुन्मा