गुर्जाली आमाहरुको नमुना काम

विकल्प न्यूज/बेनी
जेठ २५ गते । DSC_0692 जिल्लाको धौलागिरि गाउँपालिका १ गुर्जाका महिलाहरुले गाउँमा पाहुँना नुहाउने घर निर्माण गरेका छन् । गुर्जाको भ्रमणमा पुग्ने पर्यटक र स्थानीयवासीको सुविधाका लागि हिमाली आमा समुहको सक्रियतामा नुहाउने घर निर्माण गरिएको हो ।

गाउँपालिकाबाट ११ लाख ४७ हजार रुपियाँ आमा समुहको चारलाख ५५ हजार रुपियाँ गरी १६ लाख भन्दा वढी खर्चिएर सार्वजनिक नुहाउने घर निर्माण गरिएको हिमाली आमा समुहकी अध्यक्ष ज्ञानकुमारी छन्त्यालले बताउनुभयो ।

सधैजसो चिसो मौसम हुने गुर्जा गाउँको भ्रमणमा आउने पाहुनालाई नुहाउने समस्यबाट छुटकरा दिन तातोपानीको व्यवस्था सहितको नुहाउने घर निर्माण गरिएको उहाँले बताउनुभयो । DSC_0815नुहाउनका लागि महिला र पुरुषका लागि छुटाछुटै कोठा सहितको चार वटा धारा जडान गरिएको छ । कोठा भित्र विद्युतीय प्रविधिबाट पानीलाई तातो बनाउने मेशिन जडान गरिएको अध्यक्ष छन्त्यालले बताउनुभयो ।

गाउँमा सार्वजनिक नुहाउने घर निर्माण गर्न गत वर्ष वडा कार्यालयको ६ लाख ४७ हजार र चालु आवमा गाउँपालिकाले पाँचलाख रुपियाँ विनियोजन गरेको आमा समुहकी सचिव सिता छन्तयालले जानकारी दिनभयो ।

वाँकी चार लाख ५५ हजार रुपियाँ आमा समुहको आन्तरिक कोषबाट खर्चिएको सचिव छन्त्यालले बताउनुभयो । योजना सम्पन्न गर्नका लागि आमा समुहका सदस्यहरुले पाँच दिन सम्म श्रमदान गरेको उहाँले बताउनुभयो ।

महिलाहरुकै अगुवाईमा नुहाउने घर नजीक भलवाढी पन्छाउने व्यवस्थीत कुलेसो निर्माण पनि गरिएको छ । प्राया जसो चिसो हुने गुर्जामा नुहाउने घर निर्माणले गुर्जा हुँदै ढोरपाटन,गुर्जा,चुरेन र पुथा हिमाललको आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटकहरुलाई सुविधा पुगेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो । महिलाहरुको सक्रियातामा गाउँमा भएको यो नमुना कार्य भएको उहाँले बताउनुभयो ।

सार्वजनिक नुहाउने घरको व्यवस्थापनको लागि सुविधा लिन आउनेलाई स्थानीयलाई २०, गाउँ बाहिरका व्यक्तिलाई ५० र विदेशी पर्यटकहरुलाई प्रतिव्यक्ति १०० रुपियाँ शुल्क निर्धारण गरिएको छ ।