दुर्दीमा सत्तरी लाखको लगानीमा भित्रीवन खानेपानी आयोजना निर्माण सम्पन्न

सन्तोष गौतम/ प्रताप बानियाँ
दुर्दी २५ जेठ । IMG_7512मंगला गाउँपालीका ४ दुर्दीमा सत्तरी लाख रुपैयाको लागतमा भित्रीवन खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ ।

गाउँपालीकाद्धारा सञ्चालीत दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत ७० लाख तिन हजार ९९३ रुपैयाको लगानीमा निर्माण भएको आयोजनाबाट दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।IMG_4156सबैको घरमा निजी धारा जडान गरेर खानेपानी सुबिधा उपलब्ध गराइएको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर फगामीले बताउनुभयो । वि.स २०५२ मा निर्माण भएको आयोजनाको धारा जिर्ण हुदा खानेपानीको समस्या झेल्दै आएका दुर्दीबासीको घर घरमा खानेपानी धारा जडान भएपछि राहत मिलेको अध्यक्ष फगामीले बताउनुभयो ।

आयोजना निर्माणका लागि ६८ घरधुरी उपभोक्ताले चार महिनासम्म १९ लाख ४८ हजार ५०० रुपैया बराबरको श्रमदान गरेका थिए । परियोजना र गाउँपालीकाले आर्थिक सहयोग गरेका छन् । आयोजनाको शुक्रबार शिवालय आधारभुत विद्यालय परिसरमा सार्वजनीक परिक्षण गरी आय ब्यय विवरण सार्वजनीक गरिएको छ ।

उपभोक्ता समितिका सचिव भक्तबहादुर रोकाको अध्यक्षता, र माया रोकाको स्वागतमा सम्पन्न कार्यक्रममा गाउँपालीकाका उपाध्यक्ष सिर्जना केसीले खानेपानी सुद्ध र स्वच्छ खानेपानी सुबिधा उपलब्ध गराउन परियोजना प्रभावकारी बनेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालीकाका वास सम्र्पक व्यक्ति राजेन्द्र आचार्य, स्थानीयबासी टिकप्रसाद रोका, परियोजनाका सामाजिक विज्ञ संगिता खड्का, जिल्ला सल्लाहकार थरेन्द्र पौडेल, प्राबिधिक होमराज डाँगीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालीकाको वास संयोजक गंगाधर गौडेल, सहजकर्ता बसन्ती पौडेल र प्राबिधिक बिपीन आचार्यले सहजिकरण गर्नुभएको कार्यक्रममा देवेन्द्र रोकाले आर्थिक तथा भौतिक विवरण प्रस्तुत गर्नुभएको थियो ।