ताजा समाचार:
Search

समाचार

गलेश्वरमा एकै दिन करिब साढे दुई लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । बेनी नगरपालिका ९ मा रहेको गलेश्वर मन्दिरमा एकै दिन करिब साढे दुई लाख रुपैयाँ भन्दा भेटि संकलन भएको छ । साउन महिनाको तेस्रो सोमबार (हिजो) गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनबाट दुई लाख ३३ हजार ७३५ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ […]

स्थानीयतह पुनःसंरचनाले ल्याएको भ्रम र यथार्थता

हरिप्रसाद पौडेल/विकल्प न्यूज साउन १८ गते । राज्य पुनसंरचना आयोगले झण्डै चारहजार गाविसलाई गाउपालिका र नगरपालिका गरि पाँचसयमा सिमित गर्ने सिफारिसमा मेरो चित्त वुझेको छैन । यस अघि धेरै संख्यामा गाविस हँुदा त आफ्नै गाविसको सेवा लिन एकदिनको वाटो हिड्नुप¥थ्यो अव झन ९÷१० गाविस जोडिएको गाउपालिका वाट जनताले सेवा लिन कति दिन धाउनुपर्ने हो ? […]

स्थानीय तहको पुनसंरचनाको विषयमा गाउँ गाउँमा छलफल

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १८ साउन । स्थानीय तहको पुनसंरचनाको विषयमा म्याग्दीको गाउँ गाउँमा छलफल र बहस सुरु भएको छ । नयाँ संबिधानले व्यवस्था गरे अनुसार अब बन्ने गाउँ तथा नगरपालीकाको पुनसंरचनाका विषयमा गाउ तहका राजनितिक दल, युवा, महिला, दलित, जनजाती समुदाय र सामाजिक संघ संस्थाका अगुवाहरु छलफलमा जुटेका हुन् । कुन गाउँ तथा नगरपालीकामा […]

बेनीमा बर्खेनाचको रौनक सुरु

सन्तोष गौतम/विकल्प न्युज म्याग्दी १८ साउन । म्याग्दीको सदरमुकाम बेनीमा बर्खेनाचको रौनक सुरु भएको छ । जनशक्ति र आर्थिक अभावमा संकटमा परेको वर्खेनाचलाई युवाहरुले निरन्तरता दिएका छन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हरितालीका तिज पर्वको दिनसम्म बेनीमा वर्षौदेखि बर्खेनाच देखाउने चलन छ ।स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान मानिने बर्खेनाच बेनीमा बस्ती बसेदेखिकै […]

युवा युवतीहरुमा साउने सोमबारको क्रेज(फोटोफिचर)

विकल्प न्यूज/बेनी साउन १७ गते । साउन महिना शिवजीको पुजा गर्ने महिना मानिन्छ । साउनको सोमवार शिव मन्दिरहरुमा भक्तजनहरुको भिडभाड हुन्छ । अहिले साउनको सोमबार देशभरका शिव मन्दिरहरुमा युवा युवतीहरुको राम्रै चहलपहल छ । साउन महिनाको सुरुवातसंगै म्याग्दीको गलेश्वर दर्शन र पुजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेको छ । वृद्धवृद्धाहरुमा धार्मिक आस्था त छ नै […]

धाईरीङको सल्यानमा युवाहरुको नेतृत्वमा वृक्षारोपण

विकल्प न्यूज/पर्वत साउन १७ गते । पर्वतको धाईरीङ ४ सल्यानमा युवाहरुको नेतृत्वमा सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सल्यान युवा कल्वको सक्रियतामा धाईरीङको ३, ४, ५ नम्बर वडामा पर्ने तिन वटा सामुदायिक वन क्षेत्रको नांगो पाखामा छ हजार बिरुवा रोपीएको क्लवका अध्यक्ष दिपेन्द्र सुवेदीले बताउनुभयो  । वन विस्तार, जैविक बिबिधता, वातावरण संरक्षण, घाँसदाउरा र काठको […]

गलेश्वरमा किन बढ्दैछन् भक्तजन ? (फोटोफिचर)

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १७ साउन । म्याग्दीको बेनी नगरपालिका ९ स्थित गलेश्वरमा धार्मीक पर्यटकको आगमन वृद्धी भएको छ । गलेश्वरको धार्मीक महत्वका बारेमा प्रचारप्रसार, सडक, पदमार्ग र मन्दिर परिसरमा पुर्वाधार निर्माण भएपछि धार्मीक पर्यटकको आगमन उल्लेख्य मात्रामा बढेको हो । धार्मीक स्थलको दर्शन, पुजाआजाका साथै प्राकृतिक सौन्दर्यता र मनोरम वातावरणमा रमाउन सकिने भएकाले गलेश्वर […]

कोरियामा पर्वत सेवा समाज

दिपिका भुसाल/विकल्प न्यूज साउन १७ गते । सामाजिक क्षेत्रमा सहयोग तथा जन्मभुमिको विकासका साथै बिपतमा परेकाहरुको सहयोगार्थ गठित ‘पर्वत सेवा समाज’को कोरियामा शाखा गठन गरिएको छ । कोरियामा कार्यरत इश्वर केसीको अध्यक्षतामा समाजको कोरिया शाखा गठन भएको हो । शाखाको उपाध्यहरुमा दिनेश ढकाल, बिक्रम कुँवरलाई चयन गरिएको छ । त्यस्तै सचिवालय संयोजकमा जयनारायण सुबेदी, सहसचिवमा […]

बस्ती संरक्षणको माग गर्दै फुलबारीका बासिन्दा बेनीमा

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । गत हप्ता रितुङ खोलामा आएको बाढीका कारण जोखिममा परेको म्याग्दीको ओखरबोट १ फुलबारीका बासिन्दाहरुले बस्ती संरक्षणको माग गरेका छन् । कटानका कारण घरबार बिहीन भएका पीडितहरुको एक टोलीले आईतबार जिल्ला स्थित सम्बद्ध सरकारी कार्यालय तथा राजनितिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाउदै बस्ती संरक्षणका लागि सहयोग गर्न अनुरोध गरेका हुन् […]

यसरी हुँदैछ म्याग्दीमा स्थानीय तहको पुनसंरचना

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन १६ गते । नयाँ संबिधानले व्यवस्था गरेअनुसार म्याग्दीमा स्थानीय तहको सिमांकन, नामांकन र केन्द्र निर्धारणका लागि गृहकार्य सुरु भएको छ । राजनीतिक दल, सरकारी अधिकारी, नागरिक अगुवा, सामाजिक र राजनीतिक कार्यकर्ताहरु स्थानीय तहको सिमाङ्कन, नामांकन र सिमा निर्धारणका लागि छलफलमा जुटेका हुन् ।स्थानीय तहको संख्या र सिमाना निर्धारण गर्न बनेको आयोगले […]

पुख्र्यौली नाच संरक्षणमा नयाँ पुस्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी,साउन १६ गते । जिल्लाको उत्तरी क्षेत्रका मगर बस्तीका बासिन्दा परम्परागत पुख्यौली नाच संरक्षणमा जुटेका छन् । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्यौलीको अस्तित्व बचाउन बुढापाका देखि युवा युस्ताले समेत सक्रियता देखाएका हुन् । राम्चे, हिस्तान, शिख, घार लगायत बस्तीका बासिन्दाहरु परम्परागत पुख्यौली नृत्यलाई लोप हुन नदिन संरक्षणमा लागेका छन् । आधुनिक […]

बेनी–दरवाङ सडक मर्मतमा बेवास्ता

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । म्याग्दीको पश्चिमी क्षेत्रका बिस भन्दा बढी गाविसलाई सदरमुकामसंग जोड्ने बेनी–दरवाङ सडक मर्मतमा सरोकारवालाको बेवास्ताका कारण ढिलाई भएको छ ।बेनी नगरपालीका १३ स्थित फापरखेत र बाबियाचौर ५ लाम्पाटामा खसेको पहिरोका कारण करिब तिन हप्तादेखि बेनी–दरवाङ सडक अवरुद्ध छ । पहिरोका कारण सिधा सवारी सञ्चालन नहुँदा यातायात सेवाका साथै ढुवानीमा […]

उद्योग वाणिज्य संघ दरवाङ इकाईको साधारणसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी १६ साउन । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको दरवाङ ईकाईको शनिबार तेस्रो साधारणसभा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।ईकाईका अध्यक्ष मोतीराज गौतमको अध्यक्षता, सचिव सन्तोष सुवेदीको सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा सरोकारवालाहरुबीच भएको अन्तरक्रियाले प्रस्तावीत गाउँपालीकाको केन्द्र […]

शिखमा घर भत्कीदा एकको मृत्यु

विकल्प न्यूज/बेनी म्याग्दी १५ साउन । म्याग्दीको शिखमा शनिबार बिहान घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शिख २ का ८६ वर्षिय आईतसिङ दमैको घर भत्कीदा च्यापीएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षिया रुपा दमीनी घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई तले ढुंगा माटोले […]

७५ जिल्लाकै गाविस-नगरपालिका यसरी हुँदैछन् भताभुंग

१४ साउन, काठमाडौं । झट्ट सुन्दाखेरि तपाईलाई अचम्म लाग्न सक्छ । तर, अचम्म नमान्नोस् स्थानीय निकायको संख्या र सीमा निर्धारणका लागि गठन गरिएको आयोगले ७५ वटै जिल्ला अन्तरगतका गाविस र नगरपालिकालाई भताभुंग पारिदिएको छ । तपाई कुन जिल्लाको कुन गाविस वा नगरपालिकामा बस्दै हुनुहुन्छ ? ख्याल गर्नुहोला, अब यी जिल्ला, गाविस वानगरपालिकाको अस्थित्व भत्किएर अर्कै […]