युवा युवतीहरुमा साउने सोमबारको क्रेज(फोटोफिचर)

विकल्प न्यूज/बेनी
साउन १७ गते ।
साउन महिना शिवजीको पुजा गर्ने महिना मानिन्छ । साउनको सोमवार शिव मन्दिरहरुमा भक्तजनहरुको भिडभाड हुन्छ । अहिले साउनको सोमबार देशभरका शिव मन्दिरहरुमा युवा युवतीहरुको राम्रै चहलपहल छ ।

साउन महिनाको सुरुवातसंगै म्याग्दीको गलेश्वर दर्शन र पुजाआजाका लागि आउने भक्तजनको चहलपहल बढेको छ । वृद्धवृद्धाहरुमा धार्मिक आस्था त छ नै । यसका साथै युवायुवतीहरुमा पनि धार्मिक आस्था वढेर गएको छ । DSC02419साउन महिनाको अवसर पारेर गलेश्वरको दर्शन र पुजाआजाका लागि म्याग्दीका ग्रामिण क्षेत्रसंगै पर्वत, बागलुङ, कास्की, चितवन, काठमाडौ लगायतका ठाउँबाट भक्तजनहरु आउने क्रम बढेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । उहाँका अनुसार मन्दिरमा युवायुवतीहरुको पनि निकै चाप वढेको ।

उहाँका अनुसार कालीगण्डकीमा स्नान, १०८ शिवलिङ्गमा जलअर्पण र गलेश्वर मन्दिरमा पुजाआजाका साथै प्राकृतीक सौन्दर्यतामा रमाउन युवायुवतीहरु आउँछन् । साउने पहिलो सोमबारका दिन करिब दश हजार भक्तजनले गलेश्वरको दर्शन गरेका छन् ।DSC02421यस वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । सत्ययुगमा सतिदेवीको गला पतन भएको स्थान मानिने गलेश्वरमा दर्शन र पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ ।

हिन्दू धर्ममा साउने सोमबारले विशेष महत्व र अर्थ राख्छ । यस दिन सात्विक भोजन गरिन्छ वा उपवास बसिन्छ । शिवलिङगमा जलअर्पण गरी आरधना गरिन्छ । साउन शिवको प्रिय महिना मानिन्छ । साउन महिनामा शिवालयको दर्शन र पुजाआजा गरेमा पारिवारीक सुख, राम्रो पति पाइने, श्रीमानको स्वास्थ्य राम्रो हुने जस्ता धार्मीक मान्यता रहेको पण्डीत भिमनाथ पराजुलीले बताउनुभयो ।DSC02404गलेश्वरमा दर्शन र पुजाआजाका लागि बिवाहीत महिला तथा अबिवाहीत युवतीहरुको भिड लाग्ने गर्छ । बिवाहीतले आफ्नो पतिको दिर्घायु, स्वास्थ्य र पारिवारिक सुखको कामना गर्दै पुजाआजा गर्छन् । मन्दिरमा पुजा गर्न आएका अबिवाहीत युवतीहरुले भविश्यमा राम्रो श्रीमान पाइयोस भन्ने कामना गरेको बताउँछन् ।

साउन महिनाको सोमबार ब्रत बस्ने र शिवालयमा पुजा गर्ने धार्मीक मान्यतालाई नयाँ पुस्ताका युवतीहरुले पनि उत्तिकै महत्व दिएको बेनीको न्यु वेष्ट प्वाईन्ट कलेजमा अध्ययनरत सदिक्षा खड्काले बताउनुभयो । युवातीहरु धार्मीक संस्कारको संरक्षण, मनोकाक्षा पुरा हुने विश्वास र घुमघामका लागि मन्दिर जाने गरेको खड्काको भनाई छ ।

मन्दिर जाँदा धार्मीक आस्थाप्रतीको विश्वास बढ्नुका साथै प्राकृतिक सौन्दर्यता, मनोरम वातावरणमा रमाउन पाइने उनिहरु बताउँछन् । धेरैजसो युवतीहरु मन्दिर परिसरमा तस्विर खिचेर सामाजिक सञ्जाल फेसबुक राख्ने रुची देखाउँछन् । पुरुष र युवाहरु पनि शिवालयको दर्शन र पुजाआजाका लागि मन्दिर पुग्छन् । DSC02392साउनमा रातो रंगको पहिरनमा सजिएर शिवालयमा पुजाआजाका साथै हातमा मेहेन्दी, रातो र हरिया चुरा लगाउने पनि चलह रहेको छ । साउनको सुरुवातसंगै सौन्दर्यकता व्यवसायीलाई हातमा मेहेन्दी लगाईदिन भ्याईनभ्याई छ । शृङगार पसलहरुमा हरिया चुरा किन्नेहरुको बाक्लो उपस्थिती हुने गर्छ ।

हिन्दू धर्मशास्त्रहरुमा साउने सोमबारमा गरिने पुजा, हातमा हरियो चुरा लगाउनुका कारणलाई यौनीकतासंग जोडेर ब्याख्या गरिएको छ । यतीबेला ग्रहहरुको प्रभावले मानिसमा कमोउत्तेजना बढ्छ । कमोउत्तेजनालाई नियन्त्रण गर्न चुराको भूमिका रहन्छ । चुरा बज्ने, फुट्ने कारणले यौन संसर्गमा नियन्त्रण गर्छ । शिवलिङ पनि यौन र सृष्टिको प्रतिकात्मक रुप हो । त्यसमा जल अर्पण गर्नुको अर्थ यौनिकतासंग जोडिएको हो ।DSC02418साउन महिनामा शिवभक्तहरु बोलबम यात्रा पनि गर्छन् । बोलबमको ध्वनी गुन्जाएर उमंगको भावमा गेरु वस्त्रधारीहरु नदीबाट जल लिएर खाली खुट्टा पैदल हिडेर शिवालयमा पुगी अर्पण गर्दछन् ।