गलेश्वरमा एकै दिन करिब साढे दुई लाख भेटी संकलन

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १८ साउन ।
बेनी नगरपालिका ९ मा रहेको गलेश्वर मन्दिरमा एकै दिन करिब साढे दुई लाख रुपैयाँ भन्दा भेटि संकलन भएको छ ।

साउन महिनाको तेस्रो सोमबार (हिजो) गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनबाट दुई लाख ३३ हजार ७३५ रुपैयाँ भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

बिस हजार जना भक्तजनले तेस्रो सोमबार मन्दिरमा दर्शन र पुजाआजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताउनुभयो । साउनको पहिलो हप्ताको सोमबार एक लाख ९५ हजार ३९५ र दोस्रो हप्ता एक लाख ८२ हजार ३२२ रुपैयाँ भेटि संकलन भएको थियो ।13895055_1644008535915527_8815614066468152581_nकालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि रहेको गलेश्वरमा साउन महिनाको प्रत्येक सोमबार, बालाचर्तुदशी र शिवरात्रीमा बिशेष मेला लाग्ने गर्छ । हिन्दू धर्म ग्रन्थहरुमा सतिदेवीको गला पतन भएकाले गलेश्वर नाम रहन गएको उल्लेख छ् । गलेश्वरको दर्शन र पुजाआजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ ।