बेनीमा बर्खेनाचको रौनक सुरु

सन्तोष गौतम/विकल्प न्युज
म्याग्दी १८ साउन ।
म्याग्दीको सदरमुकाम बेनीमा बर्खेनाचको रौनक सुरु भएको छ ।

जनशक्ति र आर्थिक अभावमा संकटमा परेको वर्खेनाचलाई युवाहरुले निरन्तरता दिएका छन । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शी देखि हरितालीका तिज पर्वको दिनसम्म बेनीमा वर्षौदेखि बर्खेनाच देखाउने चलन छ ।DSC02463स्थानीय नेवार समुदायको सांस्कृतिक पहिचान मानिने बर्खेनाच बेनीमा बस्ती बसेदेखिकै रहेको भाषा मंका खल म्याग्दी अन्तरगतको ल्याम पुचका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बर्खेनाचमा नेवार र अन्य समुदायका युवाहरुले पनि सहभागिता जनाउन चासो दिएका छन् ।

समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयबासीले अन्त्य गरेपछि पती बियोगमा परेकी राक्षसकी पत्नीले देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मक रुपमा प्रस्तुत गरिन्छ । सोमबार गठेमंगल पर्वका दिन घण्टाकर्णको बध गरीएको थियो ।

बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । नाच प्रर्दशनको लागि कार्यतालीका बनाइएको छ । नेपाल भाषा मंक खलको नेतृत्वमा बर्खेनाच देखाउने गरिएको हो ।