पुख्र्यौली नाच संरक्षणमा नयाँ पुस्ता

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी,साउन १६ गते ।DSC03562 जिल्लाको उत्तरी क्षेत्रका मगर बस्तीका बासिन्दा परम्परागत पुख्यौली नाच संरक्षणमा जुटेका छन् । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्यौलीको अस्तित्व बचाउन बुढापाका देखि युवा युस्ताले समेत सक्रियता देखाएका हुन् ।

राम्चे, हिस्तान, शिख, घार लगायत बस्तीका बासिन्दाहरु परम्परागत पुख्यौली नृत्यलाई लोप हुन नदिन संरक्षणमा लागेका छन् । आधुनिक संस्कृतीको प्रभावका कारण कतिपय नेपाली मौलिक संस्कृति अतिक्रमणमा परेर लोप हुन लागेको अवस्थामा Maruni 01संयौ वर्ष पुरानो पुख्यौली नृत्य देखाउन चलन भने स्थानीय समुदायको देनले गर्दा अझसम्म जिवितै भेट्न सकिन्छ ।

मगर समुदायमा जन्म, मृत्यु, बिवाह, छेवार र गाउँमा हुने बिषेश सभा समारोहमा परिवेश अनुसार पुख्यौली नाच देखाउने चलन रहेको छ । यस्तो चलन हराउन नदिन बुढापाकाहरुले नयाँ पुस्ताका युवा र बालकहरुलाई पुख्यौली नाचगान गर्न सिकाउन थालेका राम्चे काफलडाँडाका मारुनी गेम्बिर पुर्जाले बताउनुभयो ।

लामो भाका र स्वर निकालेर गाईने गितको भावमा डुवेर भांग्रा, कछाड, टोपीको पहिरचनमा मादल भिरेर नाचेको दृष्य निकै रोचक हुन्छ । अझ मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुख्यौनी नाचमा रौनकता थपिन्छ ।पुख्यौली नाचमा सोरठी भाकामा गित गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै रोचक पक्ष र बिषेशषत भएकाले युवा र बालकहरुलाई पनि पुख्यौली जोगाउनुपर्छ भन्ने भावना जागेको पुख्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताउनुभयो ।

पुख्यौली नाच्नका लागि १२ जना पुरुष र सोरठी गाउन पनि त्यतीकै संख्यामा महिलाको आवश्यकता पर्छ । कला र गला भएका धेरै जनशक्ति आवश्यक पर्ने यो नृत्य प्रर्दशन गर्न केही वर्षअघिसम्म अहिलेको जस्तो सजिलो थिएन् । युवक, किशोर हरुलाई तालीमनै दिएर पुख्यौली नाच्न सिकाएपछि भने यसका लागि आवश्यक जनशक्ति पुग्न थालेको बताउनुहुन्छ काफलडाँडा पुख्यौली संरक्षण समितिका अध्यक्ष जगबहादुर फगामी ।DSC03543उत्तरी म्याग्दीका मगर समुदाय जस्तै अन्य गाउँ बस्तीका समुदायले पनि आफ्नो संस्कृती संरक्षणमा चासो र अग्रसरता देखाउन सकेमा नेपाली सांस्कृतीक बिबिधता र यसको महत्व पनि जिवन्त बनाई राख्न मद्दत पुग्ने थियो की ?