धाईरीङको सल्यानमा युवाहरुको नेतृत्वमा वृक्षारोपण

विकल्प न्यूज/पर्वत
साउन १७ गते ।
पर्वतको धाईरीङ ४ सल्यानमा युवाहरुको नेतृत्वमा सामुदायिक वनमा वृक्षारोपण गरिएको छ । सल्यान युवा कल्वको सक्रियतामा धाईरीङको ३, ४, ५ नम्बर वडामा पर्ने तिन वटा सामुदायिक वन क्षेत्रको नांगो पाखामा छ हजार बिरुवा रोपीएको क्लवका अध्यक्ष दिपेन्द्र सुवेदीले बताउनुभयो  । DSC01544(1)वन विस्तार, जैविक बिबिधता, वातावरण संरक्षण, घाँसदाउरा र काठको सहज आपूर्ती, जलवायु परिवर्तनको असर न्युनीकरण, भुक्षय र पहिरो नियन्त्रणका लागि स्थानीय बासिन्दाको सहभागितामा वृक्षारोपण गरिएको कल्वका सचिव सरोज आचार्यले जानकारी दिनुभयो ।DSC01536सल्लेरी, चिउरीखर्क–ठूलोभिर र वनपाखो सामुदायिक वन क्षेत्रमा बिरुवा रोप्न धाईरीङका दुई सय जनाले श्रमदान गरेका छन् । वृक्षारोपणका लागि ईलाका वन कार्यालय फर्सेले घाँस र काठजन्य प्रजातीका छ हजार बिरुवा निशूल्क उपलब्ध गराएको थियो ।