उद्योग वाणिज्य संघ दरवाङ इकाईको साधारणसभा सम्पन्न

सन्तोष गौतम/विकल्प न्यूज
म्याग्दी १६ साउन ।
म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको दरवाङ ईकाईको शनिबार तेस्रो साधारणसभा एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।MCCI Darbangईकाईका अध्यक्ष मोतीराज गौतमको अध्यक्षता, सचिव सन्तोष सुवेदीको सञ्चालन र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको अवसरमा सरोकारवालाहरुबीच भएको अन्तरक्रियाले प्रस्तावीत गाउँपालीकाको केन्द्र दरवाङलाई बनाउन पहल गर्ने निर्णय गरेको छ ।
कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उत्तम कर्माचार्य, दरवांङ गाविसका सचिव सोमबहादुर केसी, प्रहरी निरिक्षक उपेन्द्रपुरुष तिमील्सीना, प्रभु बैंकका शाखा प्रबन्धक जागृत पुनल लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।