शिखमा घर भत्कीदा एकको मृत्यु

विकल्प न्यूज/बेनी
म्याग्दी १५ साउन ।
म्याग्दीको शिखमा शनिबार बिहान घर भत्कीदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
शिख २ का ८६ वर्षिय आईतसिङ दमैको घर भत्कीदा च्यापीएर मृत्यु भएको र उनकी श्रीमती ८३ वर्षिया रुपा दमीनी घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई तले ढुंगा माटोले बनेको घर भत्कीएको हो । bikalpa news
दमै दम्पती घरभित्र बसीरहेको अवस्थामा भत्कीएको थियो । घार प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानीयबासीहरुले घर भत्कीदा पुरीएका उनिहरुलाई बाहिर निकालेका थिए ।
घाईते रुपाको शिख स्वास्थ्य चौकीमा उपचार भैरहेको र मृतकको शव परिक्षणका लागि बेनी पठाइएको छ । घर भत्कीदा सात लाख रुपैया बराबरको धनमाल क्षत्ती भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका ईलाका प्रहरी कार्यालय दानाबाट प्रहरी नायव निरिक्षक रामबहादुर श्रेष्ठको नेतृत्वमा चार जना प्रहरी टोली खटिएका छन् ।