समाचार

सुरवी बनीन् मिस धौलागिरी

विकल्प न्यूज/बेनी साउन ३० गते । इभेन्टस फर यु पोखराको आयोजनामा शनिबार कुश्मामा मिस्टर एण्ड मिस धौलागिरीको फाईनल इभेन्टस सम्पन्न भएको छ । पर्वत, वागलुङ र म्याग्दीका विद्यालयका छात्राछात्रहरुले भाग लिएको  इभेन्टमा मिस धौलागिरीको उपाधी न्यू वेष्ट प्वाइण्ट उच्च मावि बेनीकी सुरवी श्रेष्ठले प्राप्त गर्नुभएको छ । सोहि विद्यालयकी छात्रा दिक्षा जिसी फस्ट रनर अप […]

विद्यालयलाई जग्गा दान

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । म्याग्दीको निस्कोटका एक व्यक्तिले सामुदायिक विद्यालयलाई दुई लाख रुपैया भन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराउनु भएको छ । निस्कोट २ खहरे स्थित सिद्ध निमावीलाई बमबहादुर पुनले दुई लाख पाँच हजार रुपैया मूल्य बराबरको सात आना जग्गा दान गर्नुभएको हो । हाल पोखरा रामबजार निवासी पुनले उपलब्ध गराउनुभएको […]

युवा दिवसको अवसरमा फलफुल वितरण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार जिल्ला अस्पताल म्याग्दीका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ । जिल्ला युवा समितिको आयोजनामा अस्पतालमा उपचार गराइरहेका २८ जना बिरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरिएको हो । समितिका अध्यक्ष देवीप्रसाद शर्माको नेतृत्वमा पदाधीकारी र अस्पतालका चिकित्सकहरुले फलफुल वितरण गर्नुभएको थियो । शर्माको […]

म्याग्दी प्रहरीद्धारा पदमार्ग मर्मत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २८ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुरक्षाकर्मीहरुले छिमेकी जिल्ला पर्वतको माझफाँटको वारीवेनीदेखि मल्लाज जोड्ने पदमार्ग मर्मत गरेका छन् । प्रहरी मेरो साथी अभियान अन्तरगत शुक्रबार बिहान श्रमदान गरेर म्याग्दी सदरमुकाम बेनीबजारको कालीपुल पारी साउन १२ गते खसेको पहिरोका कारण अवरुद्ध बेनी मल्लाज पदमार्ग मर्मत गरिएको हो । प्रहरी नायव उपरिक्षक […]

म्याग्दीको विकासमा गत आर्थिक वर्षमा सवा अर्ब रुपैयाँ भन्दा बढी परिचालन

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ साउन । म्याग्दी जिल्लामा गत आर्थिक वर्ष २०७२/७३ मा सञ्चालित विकास योजना तथा कार्यक्रमहरुको प्रगतिको विषयमा बिहीबार बेनीमा समिक्षा गरिएको छ । जिविसले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालय र गैरसरकारी संस्थाहरुले सञ्चालन गरेका योजना तथा कार्यक्रमको प्रगति विवरण सार्वजनिकरण गरिएको थियो । प्रस्तुत विवरण अनुसार गत आर्थिक वर्षमा म्याग्दीको विकासका […]

मुस्ताङको स्याउ बोट बाटै बिक्री

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २७ साउन । मुस्ताङका स्याउ बगैचामा व्यापारीहरुको चहलपहल बढेको छ । पोखरा, काठमाडौ, धादीङ, चितवन, पर्वत, बागलुङ, म्याग्दी लगायतका ठाउँबाट आएका स्याउ ब्यापारीको चहलपहल बढेको हो । स्याउ पाक्ने र टिप्ने याम सुरु नहुदै ब्यापारीले कृषकलाई अग्रीम पैसा बुझाएर बगैचानै ठेक्कामा लिएका छन् । मुस्ताङका धेरै जसो कृषकहरुले स्याउ बिक्री गरेर […]

करिब दुई करोड अनुदानमा १८१ योजना तथा कार्यक्रम निर्माण

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २६ साउन । बेनी नगरपालिका कार्यालयको अनुदान सहयोगमा गत आर्थिक वर्ष २०७२७३ मा करिब दुई करोड रुपैया लगानीमा १८१ वटा योजना तथा कार्यक्रम सम्पन्न भएको छ । एक करोड ९४ लाख नौ हजार १६४ रुपैयाँ अनुदान सहयोगमा लक्षित वर्ग सम्बन्धि १५२ वटा कार्यक्रम र २९ वटा योजना सम्पन्न भएको हो । […]

म्याग्दीका सामुदायिक वन र प्राबिधिक पुरस्कृत

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २५ साउन । प्रथम सामुदायिक वन दिवसको अवसरमा मंगलबार म्याग्दीका उत्कृष्ट सामुदायीक वन उपभोक्ता समूह र वन प्राबिधिकलाई पुरस्कृत गरिएको छ । वन तथा वातावरण संरक्षणमा योगदान गरेवापत जिल्ला वन कार्यालयले पात्लेखेतको बराहपंग्रेनी, दरवाङका लमसुङ दोविल्ना र राम्चेको एकराते सामुदायीक वन उपभोक्ता समूहलाई पुरस्कृत गरेको हो ।प्रमुख जिल्ला अधिकारी केशवराज आचार्य, […]

म्याग्दी क्याम्पसमा शैक्षिक तथा धार्मिक महोत्सव आयोजना हुने

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी, २४ साउन । म्याग्दी बहुमुखी क्याम्पसमा प्राविधिक विषय र स्नाकोत्तर तहको पठनपाठन सञ्चालनका लागि आयस्रोत जुटाउन शैक्षिक तथा धार्मीक महोत्सव आयोजना हुने भएको छ । आगामी कात्तिक २५ देखि मंसिर २ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारीका विषयमा आईतबार क्याम्पसमा सरोकारवालाहरुबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । महोत्सवका प्रमुख बाचक पण्डीत दिनबन्धु […]

तामाङको परिवारलाई लिटिल गार्डेनको सहयोग

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । पर्वत बेनीमा कपास उद्योग पहिरोले पुरीदाँ ज्यान गुमाएकी बालीकाको परिवारलाई बेनीको लिटील गार्डेन एकेडेमीले आर्थिक सहयोग गरेको छ । साउन १२ गते धौलागिरी कपास उद्योगमा खसेको पहिरोले लिटील गार्डेन एकेडेमीको कक्षा ४ मा अध्ययन गर्ने ११ वर्षिया अंकिता तामाङको मृत्यु भएको थियो । नुवाकोटबाट आएर उद्योग चलाएका तामाङ […]

सडकमा खसेको पहिरोले बस्तीलाई जोखिम

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । म्याग्दी सदरमुकाम बेनी बजारको मंगलाघाट जोड्ने उपल्लो सडकमा खसेको पहिरोले नजिकैको सुकम्बासी र कर्मचारी आवास क्षेत्रमा जोखिम बढेको छ । करिब ६ सय मिटर दुरीको सडकमा दश ठाउँमा पहिरो खसेको छ । तल र माथि दुबै तर्फबाट पहिरो खस्ने तथा डिलतर्फ चिरा परेर धाँजा फाटेकाले जोखिम बढाएको हो […]

गलेश्वर लगायतका शिवालयहरुमा भक्तजनको भिड

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । साउन महिनाको चौथो सोमबार आज म्याग्दीको गलेश्वर लगायत देशभरका शिवालयहरुमा भक्तजनको भिड लागेको छ । कालीगण्डकी नदी माथि नौ रोपनी क्षेत्रफलमा फैलीएको चट्टानमाथि अवस्थित गलेश्वर मन्दिरको पुजाआजा र दर्शनका लागि म्याग्दीका विभिन्न गाविसका साथै पर्वत, बागलुङ, कास्की लगायतका ठाउँबाट पनि भक्तजन आएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको […]

म्याग्दीमा बिरुवा रोपेर भू–संरक्षण दिवस मनाइयो

सन्तोष गौतम/विकल्प न्यूज म्याग्दी २४ साउन । म्याग्दीमा सोमबार बिरुवा रोपेर ४२ औ भुसंरक्षण दिवस मनाइएको छ । दिवसका अवसरमा बेनी नगरपालिका ५ डम्मरा र १३ नम्बर वडामा पर्ने ठूलोखोलामा एक हजार तिन सय विभिन्न प्रजातीका बिरुवा रोपीएको जिल्ला भुसंरक्षण कार्यालयले जनाएको छ । जिल्ला भुसंरक्षण कार्यालयको आयोजना र डम्मरा आमा समूह, थाकन भालुखोला सामुदायीक […]

अब पानीबाट चल्नेछ बाइक

   इन्धको बढ्दो खपत सँगै बढेको व्यवभार तथा धुवाँले वातावरणमा पारेका प्रभावलाई हेर्दा जो सुकै मानिसहरु पनि यो सोँच्दछन् की यदि पानीबाट गाडी चल्ने भए कस्तो होला ? इस्तो सोँचाई कोरा कल्पना मात्रै लाग्नसक्छ । तर अब यो कल्पना तथा सपना मात्र रहेन, यथार्थ बनिसकेको छ । ब्राजिलको साओपाओलोमा रहने रिकार्डो एजवेडोइस नामका एक व्यक्तिले […]

म्याग्दीमा स्थानीयतको पुनःसरचना गर्दा अपनाउनु पर्ने सतर्कता

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज म्याग्दी,साउन २४ गते । मुलुकभर यतिबेला स्थानीय तहको सिमाङ्कन र विभाजनको बहस चलिरहेको छ । वास्तवमा पुनर्संरचना भनिए पनि गर्नखोजिएको कुरा नयाँ संरचना निर्माण गर्नु नै हो । देशको संघीय ढाँचामा पुनर्संरचना गर्ने राजनीतिक उद्देश्यको अवधारणाले त्यसै भन्छ । तर व्यवहारमा पुरानो जिल्लाको संरचना यथावत राख्ने निर्णय भएपछि स्वभावतः त्यो अभियान […]